सल्यानमा संयुक्त गठबन्धनको घरदैलो अभियान

सल्यानको शारदा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनले चुनाव प्रचार अभियान शुभारम्भ गरेको छ । नगरपालिकाको वडा नम्बर १० र ११ बाट अभियान शुरु गरिएको संयुक्त गठबन्धनले जनाएको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार प्रमोद श्रेष्ठ, उपमेयर पदका उम्मेदवार रमेश कुमार गौतम, वडा नम्बर ११ का अध्यक्ष राजु नेपाली लगाएतको सहभागिता रहेको थियो । 

रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयुक्त निर्वाचन परिचालन कमिटीका अध्यक्ष नर बहादुर कवुरले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ज्वालाले नगरपालिकाको विकासको लागि संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभएको छ । विगतमा सरकारमा रहदाँ पार्टीले थुप्रै राम्रा काम गरेको र केही काम गर्न बाँकी रहेकाले आफ्नो संयुक्त गठबन्धनलाइ मतदान गरेर विजयी बनाउन सबै मतदाताहरु सँग उहाँले आग्रह गर्नुभयो । संयुक्त गठबन्धनका उम्मेदवारहरुले प्रत्येक घरमा खानेपानी पुर्याउने, शिक्षामा गुणस्तरीयता कायम गरिने, स्वास्थ्यमा ध्यान दिइने, खंलगा मधाना हिवल्चा खैराबाङ शितलपाटि सडक स्तरोउन्नति गरिने तथा कालो पत्रे गरिने, उज्यालो शारदा अभियान सञ्चालन गरिने, खैराबाङ मन्दिरलाई थप व्यवस्थित गरिने, कृषि तथा पशु उत्पादनमा बृद्धि गरि बजारिकरण गरिने, नगर बस सञ्चालन गरिने लगाएतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

संयुक्त गठबन्धबाट शारदा नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गोलाकार भित्रको हसिया हतौडा अंकित चुनाव चिन्हबाट मेयर पदमा प्रमोद श्रेठ र उपमेयर पदमा कलम चुनाव चिन्हबाट रमेश गौतमले उम्मेदवारी दिनुभएको छ । कार्यक्रममा स्थानिय मतदाताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । उनीहरुले मेयरमा श्रेष्ठ र उपमेयरमा गौतमलाई नै मदतान गरेर विजयी बनाउने उद्घोष गरेका छन् ।

Post a Comment

Previous Post Next Post