घरघरमा खानेपानी पुगे पछि स्थानीय खुसि

घरघरमा खानेपानी पुगे पछि स्थानीय खुसि 
सल्यानको दार्मा गाउँपालिका २ कौछेमा खानेपानी आएपछि स्थानिय खुसी भएका छन् । विगतमा खानेपानी कै लागि घण्टौँ हिडेर टाढाबाट बोकेर जीवननिर्वाह गर्दै आएका स्थानिय घरमा नै खानेपानी आएपछि खुसी भएका हुन् । दार्मा गाउँपालिकाले २ लाख रुपैँया वजेट विनियोजन गरेपछि सोही वजेट मार्फत घरमा नै खानेपानी आएको स्थानिय भनाइ छ ।


‘बर्षौ देखी हामी खोलाको धमिलो पानी होस वा कुवाको पानी, त्यसमा पनि भ्यागुता, गड्यौला कुहिएको पानी पिउने हाम्रो बाध्यता थियो, पानीको कारण कति विरामी भएर औषधी उपचार गरी खर्च बढाउने गर्र्थे, सरसफाईका लागि त खोला नै पुग्नुपर्ने र शौचालयमा प्रयोग गर्ने पानी समेत खोलाबाट ल्याउनु पर्ने बाध्यता थियो’ रत्नेखोला भिरबाटा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष नविन्द्रा वलीले भन्नुभयो ‘अहिले घर घरमा नै खानेपानी आएको छ ।’ अहिले एक घर एक धारा जडान गरिएको उहाँको भनाइ छ । ‘पानी अभावका कारण बालबालिकालाई समयमा विद्यालय पठाउन र सफासुग्गर गर्न समेत नपाई त्यस्तै फोहर अवस्थामा विद्यालय पठाउनु पर्ने बाध्यता थियो’ उहाँले भन्नुभयो ‘अहिले २४ सैँ घण्टा पानी सञ्चालन भएको देख्दा र पानीको प्रयाग गर्न पाउदा खुुसी लागेको छ ।’ यस योजनाबाट ७ घरधुरीका करिव ४५ जना जनसंख्या लाभान्वित भएका छन् । अहिले सरसफाई गर्न, करेसावारी र गाईवस्तुलाई पुग्ने गरी पानी प्रयोग गर्न, बालबालिकालाई समयमा विद्यालय पठाउन र सरसफाईमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो । ‘दलित विकास समाज सल्यान र सुशासनमा नागरिक सहभागिता कार्यक्रम मार्फत सामुदायिक समुह तथा समुदायमा आधारित नागरिक समाजका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न वकालतिय ज्ञान, सिप, तालिम र स्थानीय तहको योजना तर्जुमा गोष्ठीका बारेमा जानकारी गराएपछि मात्रै हामीले गाउँपालिकामा पुगेर वजेट माग गरेका हौँ, पहिले त यस बारेमा थाहा नै थिएन्’ उहाँले खुसी हुदैँ भन्नुभयो ‘अहिले सरकारको लक्ष्य अुसार एक धर एक धारा निर्माण गरेका छौ, स्वच्छ तथा सुरक्षित पानी खान पाएका छौँ ।’
यस खानेपानी योजनालाई दिगो रुपमा सञ्चालन गर्नको लागि आफुहरु तयार रहेको स्थानियको भनाइ छ ।

Post a Comment

Previous Post Next Post