जुनीचाँदे जीप दुर्घटना अपडेटः मृतकको संख्या तीन पुग्यो

जुनीचाँदे जीप दुर्घटना अपडेटः मृतकको संख्या तीन पुग्यो
जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जुनीचाँदे गाउँपालिका ६ की कालिका शाहीको मृत्यु भएको हो ।



ब्रेक फेल भएर सडकबाट झण्डै ५० मिटर तल खसेको जीपमा सवार गरिरहेका जुनीचाँदे गाउँपालिका–५ शिवपुरी निवासी ४० बर्षिय पुतला गिरी, वडा नं. ६ निवासी १९ बर्षिय दर्शन शाहीको घटना स्थलमै मृत्यू भएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा गाडी चालक दैलेख जिल्ला गुराँस गाउँपालिका–७ का २५ बर्षिय टोप बहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ निवासी १३ बर्षिय विपना शाही र १३ बर्षिय समिक्षा शाही रहेका छन् । गम्भीर घाईतेहरुको उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लैजाने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिएका छन् ।

उक्त जीपका सवार जुनीचाँदे गाउँपालिका–६ छिर्कका २० बर्षिय लाल बहादुर वुढा, ३९ बर्षिय बिष्णु बहादुर शाही, १४ बर्षिय सरिता शाही, ८ बर्षिय नमुना सिंह र वडा नं. ५ का ३० बर्षिय नर बहादुर शाहीको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post