किसानलाई मल उपलब्ध लगाएत को माग राख्दै,एमाले बाँकेको धर्ना

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्ना सहित प्रदर्शन गरेको छ ।


एमाले बाँकेले किसानलाई तत्काल मल तथा बिउको व्यवस्था र पेट्रोलियम पदार्थ सहित अत्यावश्यक बस्तुमा गरिएको मुल्य वृद्धि फिर्ता जस्ता  माग गर्दै धर्ना सहित प्रदर्शन गरेको हो ।


एमाले बाँकेको बिरोध कार्यक्रममा एमाले निकट भातृ संगठन समेतको सहभागीता रहेको थियो । बिरोध कार्यक्रममा सहभागीले भ्रष्टाचार नियन्त्रण गर, महिला हिंसा अन्त्य गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, मूल्य वृद्धि फिर्ता गर, किसानलाई मत र बीउ उपलब्ध गराउ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।





जनतालाई चरम अभाव र चरम मूल्य वृद्धिको सिकार गराएर नेपाली जनता मार्ने खेल रचेको आरोप लगाएका थिए । कक्षपतिले सरकारले तुरुन्त मूल्य वृद्धि नियन्त्रण गर्न र किसानलाई मल तथा बिउको उचित ब्यवस्थापन गर्न माग समेत गरेका थिए ।


बिरोध कार्यक्रममा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र, एमाले बाँकेका इन्चार्ज सुर्य ढकाल, एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसि, सचिव रत्न खत्री, एमाले बाँकेका नेता किशोर थापा,अनेरास्ववियुका नेता मोहित शाह,प्रकाश बिस्वकर्मा  लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




Post a Comment

Previous Post Next Post