अनेरास्ववियु बाँकेको विद्युत प्राधिकरण मा ध्यानाकर्षण

डम्बर विश्वकर्मा, संवाददाता बाँके,
पश्चिम नेपालको मुटुको रुपमा परिचित बाँके को नेपालगन्जमा पछिल्लो समयअत्यधिक गर्मी बढे संग विद्युत कटौती हुने गरेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले बेला बेला हुने बिद्धुत कटौतीको समस्या सामाधानको माग गर्दै नेपालगन्ज बितरण केन्द्र का प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियु केन्द्रिय सचिवालाय सदस्य एवम् लुम्बिनी प्रदेश सचिब मोहित शाह,अनेरास्ववियु केन्द्रिय सदस्य सौभाग्य थाप मगर लगाएत अन्य विद्यार्थीहरुको उपस्थितमा जिल्ला सचिब प्रकाश विस्वकर्माले ध्यानाकर्षण पत्र पढेर संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।


लोभोल्टेज तथा अनियमित बिद्धुत कटौतीको कारणले सर्वसाधारण जनता तथा अध्यनरत बिद्यार्थीहरुमा प्रत्यक्ष मार परेको र यस्लाई तुरुन्तै सामाधान गर्न अनुरोध गर्ने अन्यथा शशक्त्त आन्दोलन गरिने चेतावनी दिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Post a Comment

Previous Post Next Post