शुदुरपश्चिम प्रदेश को बैठक फेरि स्थगित

शुदुरपश्चिम प्रदेश को बैठक फेरि स्थगित
धनगढी : बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि फेरि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन् ।



देशसभाको अर्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा मंगलबारको बैठकमा १३ जना मात्र उपस्थित थिए । बैठकमा सत्तारूढ नेपाली कांग्रेसका कुनै पनि प्रदेश सभा सदस्यको उपस्थिति थिएन । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन् ।

Post a Comment

Previous Post Next Post