आज ६३ औं त्रिभुवन विश्वविद्यालय स्थापना दिवस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज,बाँके मा सभ्य र भब्यताका साथ मनाइएकाे छ ।

अन्जली राजी, संवाददाता नेपालगञ्ज,
नेपालगञ्ज बाके, ६३ औं त्रिभुवन विश्वविद्यालय स्थापना दिवस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज,बाँके मा सभ्य र भब्यताका साथ मनाइएकाे छ ।

त्रिभुवन विश्वविद्यालयको स्थापना बि.सं. २०१६ सालमा भएको हो । यस ६३ औं त्रि.वि. स्थापना दिवसको अवसरमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लालमणि आचार्य द्वारा त्रि.वि को झन्डा क्याम्पसको प्रागनमा फराइएको थियो । साथै अवसरमा क्याम्पस प्रमुख, शिक्षक ,शिक्षिका ,कर्मचारी ,पदाधिकारी एवम् विद्यार्थीहरु द्वारा क्याम्पसमा मोरिङ्गा,फरेट,खएर,सागुन र लिप्टिस जस्ता बिरुवाहरुको बृक्षा रोपण पनि गरिएको थियाे ।







विभिन्न आरोह अवरोह पार गर्दै, विभिन्न कालखण्डहरु पार गर्दै त्रि.वि.ले नेपाल र नेपालीहरुको ईच्छा, चाहनालाई समेट्दै नेपालीहरुका सपना साकार पार्नका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको क्याम्पस प्रमुख लालमणि आचार्य बताएका थिए । देशमा उच्च शिक्षा प्रदान गर्ने नेपालमा एघार वटा विश्वविद्यालयहरु, चार वटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय हो ।

Post a Comment

Previous Post Next Post