१४ वर्षिया बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा दुईजना युवा पक्राउ

सल्यानमा १४ वर्षिया बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा दुईजना युवा पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका १ शान्तीबजार निवासी १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई युवा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का अन्दाजी २२ वर्षिय रमेश भण्डारी र २० वर्षिय डिल्ली बस्नेत रहेका छन । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याउने तयारी गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए । 

प्रहरीकाअुनसार बुधबार राती ११ बजेको समयमा ती दुई जना युवाले जबरजस्ती करणी गरि फरार भएका थिए । बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिईन् । घरमै सुतेको स्थानमा पुगेर ति दुई जना युवाले जबरजस्ती करणी गरको परिवारले जनाएको छ । 

घटना लगतै परिवारले प्रहरीलाई खबर गरेका थिए । परिवारले दिएको पहिचानअुनसार प्रहरीले आरोपीत दुईजनालाई जाजरकाेट स्थित घरबाटै पक्राउ गरेको हो ।


Post a Comment

Previous Post Next Post