वीरेन्द्रनगर सुर्खेतमा घरको छतबाट खसेर एक जना वुद्धको मृत्यु

वीरेन्द्रनगर सुर्खेतमा घरको छतबाट खसेर एक जना वुद्धको मृत्यु भएको छ । आज बिहान करीब ९ बजेतिर आफ्नै १ तला घरको छतबाट खसेर मृत्यु भएको हो ।

वीरेन्द्रनगर–४ खोर्के बस्ने अन्दाजी ७५ बर्षिया रतुराम सिहको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको र थप अनुसन्धानका लागि प्रहरीको टोली घटना स्थलमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीले बताए ।


Post a Comment

Previous Post Next Post