इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार अभियोगमा पक्राउ परेका एक थुनुवा फरार भएका छन्


इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार अभियोगमा पक्राउ परेका एक थुनुवा फरार भएका छन् ।
बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खाँ सोमबार दिउँसोबाट फरार भएका हुन् ।
गत असार २३ गते पक्राउ परेका उनी सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरीले जनाएको छ ।
बाँसगढीकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । किशोरीका आफन्तले बाँसगढी प्रहरीमा जबरजस्ती करणीको मुद्दा दिएपछि बाँके प्रहरीको सहयोगमा उनीलाई खजुरामा पक्राउ गरेको थियो ।
जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्न ल्याउने समय प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
बाँसगढी प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएको हो । फरार खाँको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।


Post a Comment

Previous Post Next Post