पहिरोले घर पुरिदा अछाममा ३ जनाको मृत्यु

 अछाम । पहिरोले घर पुरिदा अछाममा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा सविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो ।
आन्टी नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिनुभयो । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ
May be an image of 1 person and outdoors

Post a Comment

Previous Post Next Post