निषेधित प्रेम(forbidden love) एक काल्पनिक प्रेम कथा - नारायण रिजाल





                निषेधित प्रेम(forbidden love)


टेवलभरि किताबहरु छरपस्ट छन । नयाँ पुराना गरेर करिब दुई दर्जन जति किताब हुदा हुन त्यति थोरै किताहरु पनि व्यवस्थित गरेर राख्न नसकेको आफै अचम्मित हुन्छु । झ्याल ठोका सवै बन्द गरेर लामो समय सम्म राखेकोले होला कोठामा ढुसी गन्हाइरहेको हुन्छ । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । एउटा पुरानो गाता हालेको किताब भेटिन्छ । किताबको पाना पल्टाउदै जादा विगतका यादहरुले एकाएक आएर ठुंग्छन । स्कुलका पढ्दाका यादहरु एकपछि अर्को गर्दै स्मृतिको नगरमा फन्नक घुमेर जान्छन। माहानगर जस्तै स्मृतिको नगरसम्म चल्ने गाडी हुँदो हो त म विगतमा सजिलै फर्किन्थे झै लाग्छ । कितावको बीचवाट एउटा खामजस्तो वस्तु फ्यात भुइमा खस्छ । खाममा कलात्मक रुपमा आफ्नै नामको अक्षरहरु खोपिएको देख्दा खाम भित्रको चिठ्ठि निकै वजनदार लाग्छ । आफ्नै नाम दोहोर्याउदै पढ्छु । खामभित्र सेतो पन्नामा खिपिएका राता अक्षरहरु झनै मनोमोहक देखिन्छन ।प्रेममा जादु हुन्छ, प्रेम गर्नेहरु दुनियालाई मात्र हैन आफैलाईपनि भुल्छन भनेर मैले कथाहरुमा पढेको थिए । त्यस्तै ति कथाका पात्रहरु जस्तै मपनि तिमिभित्र हराउँदै दुनिया भुल्न थालिसकेको थिए । तिम्रो वोलि, हेराई, हिडाई, लवाई खवाईमा म यति प्रभावित थिए की दुनियाका अरु कुनै प्रेमी यति धेरै फिदा हुन्नन् होला । जति म तिमीलाई देखेर हुन्थे ।

प्रिय , मान्छे
थाहा छैन किन मैले तिमिलाइ किन प्रिय भनेर सम्बोधन गरे मलाइ अझै पनि लाग्दैन, तिम्ले मलाइ त्यो शब्द उच्चारण गर्ने अधिकार दियका छौ भनेर तर मनले मानेन् तिम्लाइ प्रिय भनेर सम्बोधन गरे गल्ति भए आफ्नै ठानेर माफ गरिदिनु । म जे जस्तो अवस्थामा छु त्यसले तिमिलाइ त खासै फरक पर्दैन तर म भगवान सग प्रार्थना गर्छु, तिमी जहाँ जसरी भएपनि खुसीसाथ रहनु त्यसैमा म खुसी खोज्नेछु ! आजभन्दा ६ वर्ष अघि मैले तिमिलाइ पहिलोपल्ट स्कुलमा देखेको हो समयले त निकै फड्को मारेर गयो नि है ? धेरैको बिहे भयो । कसैको माया बस्यो । कसैको छुुट्यो । कसैले हात काटे । अनेक भयो नी त्यो विचमा त है ? मैलेनी तिमिलाई पाउँभनि मन्दिरमा गई आफ्नै हात काटे रगत बगाएं । आजसम्मपनि त्यहि चोटले मुुटुु खराव भएको छ । हातभरि तिम्रो चिनो सजाएर तिम्रो नाम लेखेर सध्य शरिरलाई काटेर रगत बगाउनुु के पागलपना मात्र थियो होला र ? त्यो प्रेम थिएन भने म एकोहोरो किन यति पागल हुन्थे होला र ?
तिम्रो हरेक कृयाकलाप मन पर्न थाल्यो । वास्तममा तिमी राम्रो त थिएनौ थाहा छैन कसरी तिम्रो अनुहारको ठूलो खत पनि सुहाएझै देख्न थाले । तिमी बाहिर जस्तोसुकै देखिएपनि तिमी भित्र लुकेर रहेर सुन्दरता खुवै मन पर्थ्यो । कतिपय मुरा नभनेरै पनि मिठा हुदारहेछन । विस्तारै तिमी स्कुल आउदा जादा म सगै हिड्न थाल्यौं । मलाइ तिमी सगै हिड्न खुव मन पर्थ्यो ।

म मेरो हातमा तिम्रो नामको पहिलो अक्षर सग मेरो नाम जोडेर लेखी तिमिलाइ देखाउथे तिमी रिसले रातो हुन्थयौ अनि तुरुन्तै मेरो हातमा खोपिएको नाम मेटाइदिन्थौ । मलाइ तिमी रिसाएको हेर्न खुव रहर लाग्थो, म बार बार तिमिलाइ सताइरहन्थे ।

मलाइ तिमि मन पर्न थालिसकेको थियो भित्र भित्रै हुन त हामि साथी भैसके पछि मन पर्नु स्वभाविक पनि हो । तर मनले मान्दै मानेन कक्षा १० सकिएपछि म भारत पढ्न जानु पर्ने थियो त्यसैले मैले उसलाइ प्रेम पत्र लेख्ने साहस गरे र प्रेम पत्र लेखेः-

“प्यारी .........................

हाम्रो मित्रता निकै प्रगाढ छ। म चाहन्न कि हाम्रो यो मित्रता टुटोस्, र हामी दुई फेरी अनजान व्यक्ति होऔँ। धेरै भूमिका नबाँधी म मेरा मनका कुरा यस पत्रमा व्यक्त गर्दैछु। म तिमीलाई प्रेम गर्छु ......... । पहिलो भेटमा नै तिमी मेरो मुटुमा बस्न सफल भएकी थियौ । जब हामी साथी भयौँ, अझ भनौँ मिल्ने साथी, थाह छैन कसरी भयो किन भयो, म तिमीलाई प्रेम गर्न थालेँ। म भन्दिन मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। आज हाम्रो मित्रता र मेरो जीवनको खुसीलाई, चुलेसीको धारमा राख्दै, यस पत्र मार्फत तिमीलाई प्रेम प्रस्ताव राख्दै छु। तिमीलाई नपाउन्जेल, पत्रको जवाफ कुर्ने छु। तिमीलाई पाएपछि तिमीलाई कुर्नेछु।



उही तिम्रो, ................ ”



भोलि पल्ट मैले उनलाइ मेसेज गरे,चिठ्ठि दिनकालागी भेट्ने बाहाना बनाए उ मेरो मिल्ने साथी भएकाले मेरो प्रस्ताव कमै मात्रामा मा त अस्वीकार गर्थिन उनले । हुन त म उसलाइ प्रेम प्रस्ताव फोन बाटै भनि राख्न सक्थे तर उसलाइ प्रेमिका बनाउन नपाए पनि मित्रता सिद्दाउन भने चाहादैन थिए त्यसैले उनलाइ भेटेरै चिठि दिने सोच बनाएर भेट्न प्रशेनिपुर नजिकैको भुसाल दाइको चिया पसलमा बोलाय,उनले सहजै हुन्छ ३ बजे अाउछु भनिन घडी हेरे, ३ बज्न अझै १५ मिनेट बाँकी थियो। मलाई भने एक युग नै बाँकी रहे झैँ लग्यो। ठिक्क ३ बजे उनी आइन। सेतो बुट्टेदार कुर्ता सुरवालमा, मिठो मुस्कान लिएर। चिया नमकिन अर्डर गरे रमाइलो गफ गर्दै संगै खायैा । मैले सोधे ........ तितैारा लिने

उनले भनि “पर्दैन, के काम थियो? घरमा छिट्टै आउछु भनेर आएकी। मार्नु हुन्छ मलाई ” हतारमा भनीन।

अकमकिदै बोले, “अँ.…तिमीलाई, एउटा कुरा दिनु थियो”, खल्तीबाट पत्र निकालेर दिए।

खोल्न खोज्दै भनी “के हो यो ?”

“बिन्ती, यहाँ हैन, घर गएर पढ” स्वर अडकाउँदै मसिनो स्वरमा भनेँ।

“ल, म चैँ जान्छु अब” मुख रातो पर्दै उसले भनिन्। र आफ्नो बाटो लागिन्। यता मेरो मनमा भने १० रेक्टर स्केलको भूकम्प जान थाल्यो।



राती १२ उनको ५/६ वटा लामा म्यासेज आएका रहेछन म मस्त निन्द्रामा थिए साहेद सपना उसैको देखिरहेको थिय होला । विहान उठेर म्यासेज हेरे म्यासेज यस्ता थिए

मेरै नाम लेख्दै , हामी अहिले जस्तो स्थितिमा छौँ, त्यसमै सीमित होऔँ। म अहिले प्रेम सम्बन्धमा रहन चाहान्न र भविष्यमा पनि बस्दिन। म हाम्रो भविष्य खेर फाल्न चाहन्न। मलाई बिर्सिदेउ। यदि तिमीलाई बिर्सन गाह्रो हुन्छ भने, हाम्रो यो भेटलाई आब निरन्तरता दिनु हुँदैन। मलाई माफ गरिदेउ .......



म स्तब्ध भए। केही बोल्नै सकिन, गला अवरुद्ध भयो, आँखाको कुनो पनि रसायो। म भुइँमा टोलाएर बसी रहे।मित्रता टुटेकोमा धेरै दुखी भएँ म। मन भक्कानियो। पुरै पृथिवी आफ्नै टाउकोमा आएर बजरिए झैँ लग्यो, त्यही पनि आफूलाई सम्हालेँ। कोठाको ढोका बन्द गरे। खाटमा पल्टिएँ। आँखा दराजमा सजाएर राखिएका उनले दिएको उपहारहरुमा पर्न गयो।पापी आँखा फेरि रसाउन थाले। प्रत्येक उपहारले उनीसँग बिताएका पलको सम्झना दिलाउँदै जान्थ्यो। केही घन्टा त्यसरी नै बित्यो।

उसलाई मैले केही भन्न नै पाएको थिइन। त्यसैले फोन गरेँ उसलाई। पहिलो प्रयासमा, उनले उठाइनन्। दोस्रो पटक पनि उठाइनन्। तेस्रो पटक, फोन अफ भएको जानकारी पाएँ। भोलिपल्ट, म्यासेज पठाए, “मलाई माफ गर। हाम्रो मित्रता नटुटाउँ”, रिप्लाई आएन। अब बाँकी रहेको झिनो आस पनि मरेर गयो । जे चाहादैन थिए त्यहि भयो ।



म पनि झिनो भए पढ्न थाले,व्यवसाय सुरू गरे,उनि संग टाढा भएता पनि उनका याद सधै म संग रहिरहे । उसलाइ पाउने झिनो अास रहिरह्यो तर पाउनु त भाग्मा चै थिएन होला सायद तर एक्कासी हिजो अर्थात मेरो जन्म दिन श्रावण ४ गत्ते एउटा अपरिचित नम्बर बाट मलाइ शुभकामना म्यासेज आयो । म उ संग अपरिचित भए पनि धन्यवाद लेखेर पठाइदिए म्यासेज



करिव बिहान ४ बजे तिर मलाइ कल आयो त्यहि नम्बर बाट फोन उठाए हेलो भन्न नपाउदै happy birth Day 2 uh……. भनेर सुनियो Thank uh भने कुरा हुदै जादा भने मैले हजुरलाइ चिनिन खासमा को हुनुहुन्छ भनेर सोधे

एक्कासि जवाफ ...................... हो ।



(म अच्चम मा परे)



एक्कासी ५ बर्ष पछि मलाइ कल कसरि अनि नम्बर कस्ले दियो तिमिलाइ ?



उसको जवाफ आयो बुद्दु ६ बर्ष अगाडी लगेको सिममा मैले ५ बर्ष पछाडि कल गर्दा यो सोध्नु पर्छ त ।

( हुन पनि हो मैले अहिले सम्म त्यो पुरानो सिम परिवर्तन गरेको थिएन)

कुरा हुदै जादा उनले सोधिन तिमि कहाँ छैा ?



मैले भने म सुर्खेत जिल्लामा छु नि ।

उनले एक्कासी भनिन होर म नि सुर्खेत छु । आज भेटम न खाजा खाने समयमा भनिन मेरो विशेष जन्मदिन उनले भेट्ने भने पछि नाइ भन्नै सकिन ।

एक पटक साथीहरूको एकदमै याद जस्ले हरेक बर्षको मेरो जन्मदिन मा यसैगरि कतै भेटैान भन्थे तर यो पटक उनिहरू दैलेख कोहि नेपालगंज भएकाले यस्तोकल कसैको आएको थिएन सायद मेरा साथीहरू अजय,प्रेम,टंक,मोहोन,शुनिल,झलक शाह मध्य एकजना मात्र म संग हुन्थ्य भने सायदै अस्वीकार गर्दिन्थ्य उनको प्रस्ताव तर सधाझै जन्म दिन घरमै मनाउदा साथीहरू दैलेखमै भेटेर रमाइलो गर्थ्यैा तर यो पटक म सुर्खेत थिए त्यसैले म संग कोहि साथीहरू थिएनन एक्लो थिए यिनिहरू बाहेक जिवनमा अरू कुनै साथी बनाय पो हुन्थ्य उनको प्रस्ताव सहजै स्वीकार गर्दै भने हुन्छ कहाँ भेट्ने उनको उत्तर आयो न्यूरोड थकालिमा ।

हुन्छ म २ बजे भने आउछु ।

उनले हुन्छ भनिन

म समाचार स‌कलन,स्कृप्ट लेखन र त्यहिदिन युट्वमा राख्ने क्न्टेन्ट बनाउदै थिए । हतारमा आफ्नो काम सकेँ। साढे १ बजे नै डेराबाट लागेँ, थकालि रेष्टुरेन्ट तिर । १० मिनेट ढिला पुगेछु, उनी मेरै प्रतीक्षा गरिरहेकी रहिछिन्। सुरुमा त चिन्नै गाह्रो भयो। हाइलाइट गरेको रातो कपाल, ओठमा पनि रातै लिपिस्टिक, आँखामा मिलाएर लाएको कालो गजल र सेतो कुर्ता सुरूवालमा सजिएकी। कक्षा ९ मा उसलाई पहिलो पटक देखेको थिए, कुनै आन्जान केटी, जो मेरो दिलमा राज गरेकी थिई। आज ठिक त्यही अनुभव गरिहेको थिएँ। उही मिठो मुस्कुराहट उपहार दिँदै भनिन “अम्मामा, ५ वर्ष पछि भेट भयो, फेस टु फेस।”

“त्यही त है। तिमी त पुरै परिवर्तन भइछौ ” हाँस्दै भनेँ

उ पनि फिस्स हाँसी र सोधी, “के छ हालखबर साथी ?”

मैले भने, “ठिकै छ खबर। पढ्दै छु,व्यवसाय पनि सुरू गरेको छु अहिले। तिम्रो खबर सुनाउ न।”

“म चाहीँ अहिले काम गर्दै छु, नाबिल बैङ्कमा ” जवाफ दिइन्।

केही बेर सन्नाटा छायो। के बोलौँ, कसरी बोलौँ भैरहेको थियो। सन्नाटालाइ चिर्दै,............ले नै कुरा सुरु गरिन, “तिम्रो फेसबुक टाइमलाइन हेरेको थिए हिजो, के हो स्ट्याटस त खतरा खतरा जाँदो रहेछ त।” कड्के नजर पर्दै सोधिन, “कसको लागि हो ?”

“त्यस्तो कसैको लागि हैन के.…. ” मेरो जवाफ सकिन नपाउँदै फेरि सोधिन्,

“प्रेमिकाको लागि जस्तो छ। सबै बुझ्छु म।” हाँस्दै भनिन्

म पनि के कम, हाँस्दै भन्दिए “हो ! प्रेमिकाकै लागि हो।”

“अहो ! को हो ? नाम के हो ? कहाँ हो घर ? सँगै पढ्ने हो ? म चिन्छु ?” एकै सासमा उनका सबै प्रश्न छताछुल्ल भयो।

“छैन प्रेमिका मेरो। जिस्केर पो भनेको त।” गम्भीर हुँदै भने

“किन नि ?” उसको ठाडो प्रश्न आयो।

म अक न वक्क भए। भन्न त मन थियो, “मैले मनबाट मनपराएकी तिमी मात्र एक हौ। मैले यो मन आरुलाई दिन नै सकिन। यो मनले अझै तिमीलाई नै रोजेको छ।” तर “त्यसै… ” भनेर टारेँ।

फेरि सन्नाटा छायो। शून्यतालाई छिचोल्दै, वेटरलाइ २ प्लेट भेज मोःमो मगाएँ। उसले त्यही बखत, आफ्नो मोबाइल झिक्दै भनिन, “मेरो वाइफ्रेन्ड हेर्छौ ?”

कान तातो भयो। प्रस्ताव हो या मेरो मन दुखाउने योजना ? मैले केही बुझ्नै सकिँन।

“वाइफ्रेन्ड रे ? तिमीले त कहिल्यै प्रेम सम्बन्धमा बस्दिन भनेको हैनौ ?” आँखा ठुला ठुला पर्दै आश्चर्यको भावले प्रश्न गरेँ।

“हो नि, तर समय सधैँ कहाँ एकनासको हुँदो रहेछ र ? कसरी भयो, किन भयो मलाई पनि थाह छैन। उसले मलाई प्रेम प्रस्ताव राख्यो, मैले नाइँ भन्नै सकिन।”

म फेरी पनि स्तब्द भएँ। आफ्नै टाउकोमाथि चट्यङ खसेझैँ भयो। दिमागले काम गर्न छाड्यो, कन्चट तातेर आयो। हजारौँ बिषालु सर्पले डसेझैँ भयो। न रुन सकेँ, न हाँस्न। मुटुमाथि ढुङ्गा राखेर भने, “देखाउ न त, को रहेछ त्यो भाग्यमानी व्यक्ति।”

मोबाइलको ग्यालरीमा रहेका फोटाहरू औलाले चलाउदै के के भनिरहेकी थिइन्, मैले केही बुझी रहेको थिइन। बुझ्ने मक्सद पनि थिएन, न बोल्ने सामर्थ्य। केही बेर पछि हामी छुट्टियौँ। सायद यसपाली भने सदाका लागि छुट्टिँदै थियौँ।

कोठामा फर्किएँ। मन भारी भयो, पानीमा भिजेको रुवाझैँ। अनायास आँखाको कुनो रसाउन थाल्यो। आफूले आफैलाई धिक्कार्दै आफैँलाई भनेँ “जिन्दगीमा कसैलाई प्रेम गर्ने हैसियत छैन तेरो।” २/४ दिन बित्दै गएका छन । उसका याद हरू बितेनन।फेसबुकको न्युज फिडमा प्राय उनको र उनको वाइफ्रेन्डको फोटो आउँछन। मन अमिलोहुन्छ।मोःमो खाएर उनि त गइन,बर्षैा पछि आएर पुराना याद बल्झाएर गइन उनि तर उनका याद र मायाहरू गएनन्। भक्कानो फुटेर आयो, पापी आँखा फेरि रसाउन पुगे। आफूलाई सम्हाँले। खल्तीबाट चुरोट झिकेर सल्काएँ। दराजमा सम्हालेर राखेको त्यो प्रेम पत्र निकाले। एकछिन सुमसुम्याए। म त भ्रमको संसारमा बचिरहेको रहेछु झैँ भयो। त्यही चुरोट सल्काएको लाइटरले त्यो प्रेमपत्र जलाइदिएँ। मन अलि हलुङ्गो भयो। दिउसो भेटेको कुराले आलो घाउमा कसैले नुन चुक दलेझैँ भयो। चुरोट सिधियो, पत्र जलेर खरानी भयो, अब उनका यादहरू कहिले खरानी हुन्छन् ? त्यसैको पर्खाइमा छु।




                                    लेखक यस  यात्रा मिडिया हाउसका सम्पादक तथा प्रकाशक हुन

Post a Comment

Previous Post Next Post