NMC का विद्यार्थीहरुले मनाए गुरु पुर्णिमा ।


NMC का विद्यार्थीहरुले मनाए गुरु पुर्णिमा ।
हरेक वर्ष जस्तै यस वर्ष पनि NMC का विद्यार्थीहरुले गुरु पुर्णिमा मनाएका छन । गुरु पुर्णिमा को अवसरमा विद्यार्थीहरुले


आफ्ना शिक्षक, गुरुहरुलाई केक काटेर , टिका लगाई खांदा ओढाएर सम्मान गरेका थिए । शिक्षक तथा गुरुहरुको अमुल्ययोगदानको कदर गर्दै विद्यार्थीहरुले आफ्ना शिक्षक , गुरुहरु प्रति उच्च सम्मान व्यक्त गरेका थिए।


 सो अवसरमा बोल्दै कलेजका प्रमुख निर्देशक ईश्वर प्रसाद पोख्रलले विद्यार्थीहरुले गरेको सम्मान प्रति उच्च प्रशंसा व्यक्त गर्नुभएको थियो। हरेक वर्ष असार महिनाको शुक्ल पुर्णिमाको दिन आफ्ना मान्यजन अथवा आफुलाई शिक्षा प्रदान गर्ने गुरुहरुलाई उच्च सम्मान व्यक्त गरेर गुरु पुर्णिमा मनाउने गरिन्छ। सबैलाई गुरु पुर्णिमाको शुभकामना ।

Post a Comment

Previous Post Next Post