लागु औषध सम्बन्धि वृहत सचेतना मुलक कार्यक्रम”


आज मिति २०७९/०५/०७ गतेको दिन लियो क्लव अफ् नेपालगन्ज खजुरा को 
आयोजना तथा सामुदयिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, ईलाका प्रहरी कार्यालय धनौली, लागु औषद सम्बन्धि निःशुल्क परामर्श केन्द्र नेपालगन्ज तथा खजुरा गाउँपालिका को सहकार्यमा आरम्भ भएको खजुरा गा.पा को ८वटै वडा का १६ वटा विद्यालयहरु लाई लक्षित गरी रखिएको ३ दिने “ लागु औषध सम्बन्धि वृहत सचेतना मुलक कार्यक्रम” को दोस्रो दिन मा खजुरा गा.पा. का ४ वटा विद्यालयहरुका विद्यार्थीहरुलाई सचेतना प्रदान गरियो। दोस्रो दिन मा ६ वटा विद्यालयलाई लक्षित गरिएको मा मिति २०७९/०५/०७ देशव्यापी बन्द घोषणाका कारण ४ वटा विद्यालयहरुमा मात्र कार्यक्रम सम्भव भयो। प्रिफर एकेडमी, नेपाल रष्ट्रिय मा.वि. , भानू मा.वि. तथा जनसेवा मा. वि बाट जम्मा- जम्मी २६२ जना विद्यर्थी प्रत्यक्ष रुपमा लाभान्वित भएका यस कार्यक्रममा वेभ इन्सटिच्यूट अफ् एन्ट्रान्स प्रिप्यरेसन नेपालगन्ज तथा जय दुर्गा ज्वौलर्स खजुरा कर्पोरेट पार्टनरका रुपमा रहेका छन।


हाल लियो क्लव अफ नेपालगन्ज खजुरा तथा सहकार्यरत संस्थाहरु तेस्रो दिन तथा समापन समारोहको तयारीमा जुटेका छन्।


Post a Comment

Previous Post Next Post