किनिएकी सामान (वेश्या) (खगेन गाैतम)



कबिता : किनिएकी सामान (वेश्या)

न त म शालिक हु ।
न म जिउँदै जस्तो छु ।
मेराे व्यापार हुन्छं ।
म किनिन्छु क्षणको लागि
म काे हाे? सोध्ने कारण छैन सुन्न कोही चाहदैन ? सूर्य अस्त सँग , मस्त हुन्छं यो समाज , उर्फ पुरुषको समाज घण्टाको हिसाब दिनको हिसाब अनि रातको हिसाब ? कति ?? म गज्जबको night view हु अनि तपाईं हरु क्यामेरा फोकस म माथी हरदिन च्यातिनु , लुछिनु बिहान सङ्गै सजिएर टालिनु र सम्हालिनु । म सितन हु समाजमा ओहदा ओगटेका हरुको नसाको, प्यासको मदिरा भन्दा अलि मिठो स्वादको धेरै खोल ओढेका हरुको औकात नङ्ग्याएको छु मैले धेरैको भोक बन्द कोठामा म सँग मेटाइएको छ जब उज्ज्यालोमा उ निस्किन्छ म ढाकिन्छु लुक्छु , जुन सरि मायाको बहाना मा लुटिए छायाँ दिने सँग लुटिए म फुल हु , फुल्न चाहेकी तर विवशताको असिनाले चुटीएकी म खेल हु ,जो कोही खेल्न सक्ने खेलाडी भन्दा बदनाम हुने खेल हु म म डसना सरि ओछिएकी हुन्छु आजकल मन देखि आफैले आफैंलाई म घृणा गर्छु आफैले आफैंलाई चिनाउन मान्दैन म स्वयम् आजकल आफैलाई अँगाल्न रहर छैन । देखिने सुन्दरता र बनोट मा सुन्दर छु तर दिएको सुन्दरता र आवरण एक सिनो आउँछन् दिनभर हराएका गिँद्ध हरु अनि निर्मम लुछेर जान्छन् म सिनो लाई मसिनो स्वाद आउदा सम्म म बजारमा मुल्यमा बिक्ने माल हु क्षणिक माल कोही समाल्न चाहदैन किन् की म बेशया हु । बेस नहुने यहाँ




खगेन गाैतम

Post a Comment

Previous Post Next Post