लागु औषध दुर्व्यशनि विरुद्ध वृहत सचेतनामुलक कार्यक्रम सम्पन्न,

लियो क्लव अफ् नेपालगन्ज खजुरा को आयोजना तथा सामुदयिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, ईलाका प्रहरी कार्यालय धनौली, लागु औषद सम्बन्धि निःशुल्क परामर्श केन्द्र नेपालगन्ज तथा खजुरा गाउँपालिका को सहकार्यमा खजुरा गा.पा को ८वटै वडा का १६ वटा विद्यालयहरु लाई लक्षित गरी “ लागु औषध सम्बन्धि वृहत सचेतना मुलक कार्यक्रम – ३दिने अभियान ” को तेस्रो दिन मा योगिनि मा.वि, शुक्र मा.वि, अमर मा.वि, पशुपति मा. वि, मैठवा मा.वि तथा ज्ञानोदय मा. वि का जम्मा-जम्मी ३८६जना विद्यार्थीहरुमा लागु औषध विरुद्ध सचेतना प्रदान गरियो। यस महत्वकङ्क्षी अभियानको सफलता पछि ज्ञानोदय मा.वि कै सभाकक्षमा भव्य समापन समारोह राखी कार्यक्रमको विधिवद समापन गरियो। खजुरा गा.पा. की उप-प्रमुख श्री मान्जु मल्ल को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी नायाब उपरिक्षक ज्यू, लियो जिल्ला परिषद ३२५एन् का जिल्ला परिषद अद्यक्ष लियो सुजित वैश्य, जिल्ला परिषद सभापति लियो लायन सरोबर पर्साईँ, ईलाका प्रहरी कार्यालय धनौली ला प्रहरी निरिक्षक श्री प्रेम प्रसाद रेग्मी ज्यू को विशिष्ट आतिथ्यता रहेको थियो। प्रमुख अतिथि, खजुरा गा.पा. की उप-प्रमुख श्री मान्जु मल्ल ले लागु औषध तथा यसले ल्याउने अन्य समस्याको विरुद्ध यो कार्यक्रमको ठूलो योग्दान रहेको टिप्पणी गर्दै आफ्नौ भनाइहरु राखनु भयो।















Post a Comment

Previous Post Next Post