नेपाल शिवसेना बाँकेले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

भदौ ९ गते बिहिवार, नेपालगन्ज ।
नेपाल शिवसेना बाँकेले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

नेपालगन्ज धम्बोजि स्थित खनाल होटलमा आज कार्यक्रम गरि तिजको शुभकामना आदानप्रदान गरेको हो। नेपाल शिवसेनाले आउदै गरेको तिजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्न तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा नेपाल शिवसेना बाँके महिला अध्यक्ष खुमा वलीले जानकारी दिएकी छिन।



 कार्यक्रममा प्रमुख अतिथि देवाकार, अतिथि नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, शिवसेना उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेर बहादुर शाही , केन्द्रीय सदस्य राजेश यादव, जिल्ला सदस्यहरु र नगर सदस्य लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवाकर खनालले नारिहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर महिलाहरुले नै नेतृत्व गर्दै गरेको यो कार्यक्रम सराहनिय भएको बताउनुभयो। विगतका दिनमा म हजुरसामु नरहेपनि अबका दिनमा भने सधैं रहिरहने बताएका छन । अब म राजनितीमा आएको छु र हजुरहरुको साथले यसपालि मंसिर ४ गते हुने स्थानीय चुनावमा संसदीय सदस्य सभाका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको र सहयोग गर्न आग्रह समेत बताएका थिए भने उता बाँके २ (क) का प्रदेश सदस्यका उम्मेदवार राजकुमार रोैनियारले पनि यसपटक नेपाल शिवसेनाबाट स्वतन्त्र उम्मेदवार म र खनाललाई हिन्दु भएका कारण सहयोग गरिदिन आग्रह गरेका थिए ।
यदि माननीय भएसी हरेक बर्ष सांसदको पैसाले हरेक हिन्दुहरुलाई चारधाम घुमाउने पनि बताए ।

Post a Comment

Previous Post Next Post