बाके क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा

नेपालगन्ज : बाके क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका दिवाकर शर्मा खनाल र क्षेत्र नम्बर दुई प्रदेश सभा (क)का उम्मेदवार राजकुमार रौनियारले डुडुवामा आफ्नो चुनावी अभियानलाई तिब्र पारेका छन् ।



शिव सेनाका उम्मेदवारद्वयले डुडुवा वडा नम्बर दुई बाबा गाउँ दासपुर्वा, बेतहनिमा चुनावी अभियानको क्रममा पुगेका थिए । हिन्दु राष्ट्रको लागी आफ्नो चुनावी एकमात्र एजेन्डाको रुपमा अगाडी सारेका खनाल र रौनियारलाई डुडुवामा स्थानीयले स्वागत संगै चुनावी अभियानमा पूरा सहयोग गर्ने बताएका छन् ।


स्थानीयका अनुसार असली हिन्दु राष्ट्रको लागी लड्ने र हिन्दु राष्ट्रको लागि भोट मात्रै खोज्नेलाई जनताले पहिचान गरिसकेकोले आउने निर्वाचनमा खनाल र रौनियारलाई जनताले चुन्ने बताएका थिए ।

Post a Comment

Previous Post Next Post