शारदा खोलाले बगाउदा एक जना ज्यान गयो

सल्यानमा गएराती परेको अविरल बर्षाका कारण शारदा खोलाले बगाएर एकजनाको ज्यान गएको छ ।


बागचौर नगरपालिका ४ माझागाउ बस्ने ७२ बर्षीय हरि बहादुर पुनकाे गएराति ९

 बजेतिर शारदा खाेलाले बगाएको थियाे । घरबाट ६ बजे तिर आफ्नो भान्जको घरमा डोको लिएर निस्किएका हरि बहादुर पुन ९ बजे भान्जको घरबाट आफ्नो घर जान निस्किएका थिए । स्थानीय र भान्ज को घरमा खोलाले बगाएको कुरा बिहान नै पत्ता लाग्यो । एक स्थानीय बताउछन । स्थानीयको निरन्तर खोजी पश्चात् बागचाैर नगरपालिका वडा नम्बर ५ मा पर्ने पहरजुद्दे भन्ने स्थानमा शारदा खाेलाकाे छेउमा घट्ट चलाउन बनाएकाे ड्याम्म काठकाे ठुटामा फेला परेको थियो ।
लासलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल खलंगामा पठाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनक शाहीले बताउनु भएको छ ।

Post a Comment

Previous Post Next Post