अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा न्यानो कपडा वितरण

 अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा न्यानो कपडा वितरण रंजीत शर्मा/ नवलपरासी/ १७ मंसीर।


पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ कुश्मामा अवस्थित सिद्धार्थ मा.वि. का अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। 



समावेशी विकासका लागि रुपान्तरित समाधान; पहुच युक्त र समतामुलक विश्वको लागि ऊर्जावान सिर्जनशिलता प्रावधान भन्ने मूल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयका १० जना सुस्त सुनाई भएका अपाङ्गता विद्यार्थीहरु लाई न्यानो कपडा वितरण गरिएको हो। 



अस्ट्रेलियन एड,युनाइटड मिशन टु नेपाल, ट्रान्सफर्म इन्टरनेशनको आर्थिक सहयोग तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वय र सुनवल सामुदायिक विकास केन्द्रको सहजीकरणमा सम्पन्न भएको हो। 


न्यानो कपडा वितरणको औपचारिक कार्यक्रम पाल्हिनन्दनका अध्यक्ष वैजु प्रशाद गुप्ता ( दीपक) को अध्यक्षतामा सम्पन्न भएको हो। 


कार्यक्रममा उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), वार्ड अध्यक्ष गोधन हरिजन,कार्यपालिका सदस्य अनामिका हरिजन,सुनवल सामुदायिक विकास केन्द्रको कार्यक्रम संयोजकहरु,सिद्धार्थ मा.वि कुश्मा प्रधानध्यापक रविन्द्र शर्मा, ज्ञान कुञ्ज इंग्लिश स्कूलका संस्थापक रामेश्वर यादव,यूवा समाजसेबी पशुपति गुप्ता, समाजसेवि रामदास गुप्ता,ज्ञासुद्दिन अन्सारी,पत्रकार रंजीत शर्मा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन सामाजिक परिचालक अशोक गुप्ताले गरेका थिए ।

Post a Comment

Previous Post Next Post