गीतकार दिला शाहको गीति एल्बम `स्पन्दन´ नेपालगन्जमा विमोचन

 शाहको स्पन्दन विमोचन

नेपालगञ्ज, १७ मंसिर ।

गीतकार दिला शाहको गीति एल्बम `स्पन्दन´ नेपालगन्जमा विमोचन गरिएको छ ।


एल्बम शाहकी माता देवा शाहको सम्मानार्थ विमोचन गरिएको हो ।

बागेश्वरी असलशासन क्लब (बास) नेपाल र  दिदीबहिनी समाज बाँकेको संयुक्त आयोजनामा साहित्यकार, गीतकार, रचनाकार दिला शाहको एकल रचना रहेको गीति एल्बम विमोचन गरिएको हो । 



चर्चित गाएक तथा संगीतकार सागर अधिकारी शरदले संगीत गरेको उक्त एल्बममा तीन वटा गीत समावेश गरिएको छ भने गीतमा चर्चित गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको स्वर रहेको छ ।


तिमीलाई सम्झेको पल, चिन्या छैन जान्या छैन, नजाउ टाढा कतै बोलका ३ ओटा गीत रहेको उक्त एल्बमको  प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ साहित्यकार सनत रेग्मीले विमोचन गरेका थिए ।


 विमोचन कार्यक्रममा शिक्षाबिद किरण आचार्य, संगीतकार तथा गायक सागर अधिकारी, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला, असलशासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की, अप्टिमिस्ट क्लब अफ नेपालगन्जका निर्देशक पूर्ण ढकाल, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीलगायत अतिथि रहेको विमोचन कार्यक्रमको अध्यक्षता दिदीबहिनी समाजकी अध्यक्ष रमा देवी शाहले गरेकी थिईन् ।


कार्यक्रममा तिमीलाई सम्झेको पल गीति एल्बमको श्रव्यदृश्य सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कविताको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो भने संगीतकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाउ टाढा गीत गाएका थिए ।


५० जना सहभागी रहेको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तव्य राखेका थिए । एल्बममा समेटिएका गीतका बारेमा साहित्यकार तथा रचनाकार दिला शाहले प्रष्ट पारेको उक्त कार्यक्रम बास नेपालका कार्यक्रम व्यवस्थापक मन भण्डारीले सन्चालन गरेका थिए । 

कार्यक्रमको समापन दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाहले गरेकी थिईन् ।

Post a Comment

Previous Post Next Post