मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३' का लागि आवेदन खुल्ला

 मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३' का लागि आवेदन खुल्ला 


रंजीत शर्मा/ नवलपरासी/ २३ मंसीर।

पश्चिम नवलपरासीमा पहिलो पटक हुने राष्ट्रिय स्तरीयको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३' का लागि आवेदन खुला गरिएको छ।


पी प्रोड्याक्सनको आयोजनामा सञ्चालन हुने यस प्रतियोगिताको कार्यक्रम संयोजक नुर आलम अन्सारी का अनुसार प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको बताएका छन् । 



मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३ प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक सबै उमेर समूहका प्रतिस्पर्धीहरुले यही डिसेम्बर ३१ तारिक सम्म राष्ट्रिय दैनिक डिजिटल पत्रिकाको आधिकारीक फेसबुक पेज तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै कार्यक्रम संयोजक नुर आलम अन्सारीको सम्पर्क नम्बर ९८००७६७१६७ मा सम्पर्क गरी समेत दर्ता गराउन सकिने छ।



आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै पहिलो पटक हुन गईरहेको मिस्टर एण्ड मिस प्रफ़ेक्ट मोडेल अफ नेपाल-२०२३ एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन कार्यक्रम संयोजक नुर आलम अन्सारीले आग्रह गरेका छन्।

Post a Comment

Previous Post Next Post