नया नेतृत्व चयन गर्दै जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

 नया नेतृत्व चयन गर्दै जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न 


रन्जीत शर्मा  / नवलपरासी / २४ मंसीर । 


पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ हरपुरमा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि०को १३ औं वार्षिक साधारणसभा तथा छठौ अधिबेशन आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । 



संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक उषा गुप्ताले ५६० जना सेयर सदस्य रहेको संस्थाले आ०ब० ०७८/०७९ मा ८३ लाख ६७ हजार २ सय १२ को कारोबार गर्दै २ लाख १९ हजार ३ सय ४६ रुपियाँको शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् । 


जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष रमा देवी खरबारको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदीश प्रशाद गुप्ताको प्रमूख अतिथिकतामा सम्पन भएको छ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले यस सहकारीले सम्पूर्ण महिलालाई आत्म निर्भर बनाउन तथा समाज विकास निर्माण कार्यमा अमूल्य योगदान गरेको भन्दै आगामी दिनमा यसको असल मूल्याकंन हुने विश्वाश व्यक्त गरेका छन्। 


अधिबेशनबाट पुन; रमा देवी खरबारको अध्यक्षतामा नयाँ सञ्चालक कार्यसमिति गठन गरिएको छ। अधिबेशनबाट नै लेखा तथा ऋण समिति गठन गरिएको छ।



कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका का कार्यपालिका सदस्य लीलावती हरिजन,छोटेलाल पासवान,वडा सदस्य राम सजीवन गुप्ता, विश्वनाथ यादव,आसमा खातुन, हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कुन्ती साहनी,शक्ति कृषि सहकारी संस्थाका सह-व्यवस्थापक माधवी कर्ण, इलाका प्रहरी कार्यालय पिपरहवा अमानिगन्जका प्रतिनिधी, पत्रकार लक्षमी हरिजन लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक सपना खनालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।

Post a Comment

Previous Post Next Post