आदर्श माध्यमिक विद्यालयमा खेल सप्ताह-२०७९ को उद्घाटन

आदर्श माध्यमिक विद्यालयमा खेल सप्ताह-२०७९ को उद्घाटन

अमन आचार्य
नेपालगन्ज
नेपालगंजको मात्रै नभई पश्चिम नेपालकै अग्रणी शिक्षण संस्था आदर्श माध्यमिक विद्यालयमा आजदेखि बार्षिक रुपमा आयोजना हुने यस बर्षको खेल सप्ताह शुरु भएको छ।  नेपालगंज उ.म.न.पा.वडा नम्बर १ का वडा अध्यक्ष श्री प्रमोद रिजाल प्रमुख अतिथि रहेको खेल सप्ताहको उद्घाटन सत्रको सभापतित्व आदर्श माध्यमिक विद्यालय तथा नेपालगंज मल्टिपल क्याम्पस ( NMC) का प्रमुख निर्देशक श्री ईश्वर प्रसाद पोखरेल ज्युले गर्नुभएको थियो।

यहिं माघ ४ गतेदेखि ६ गतेसम्म चल्ने खेल सप्ताहको दौरानमा बिभिन्न खेलहरुलाई  विद्यालयका विभिन्न हाउसहरुको बिचमा प्रतिस्पर्धा गराई खेलाईने जानकारी विद्यालय प्रशासनले दिएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले विद्यार्थीको सर्वाङ्गीण बिकाशको लागि खेललाई अपरिहार्य पार्ने आँफुहरुको प्रयास भएको र त्यसैको स्वरुप वडाको खेल मैदान विद्यालयको खेल सप्ताहको लागि प्रदान गरेको कुरा ब्यक्त गर्नुभयो। उद्घाटन सत्रलाई समापन गर्दै कार्यक्रमका सभापती  श्री ईश्वर पोखरेल ज्युले खेललाई विद्यालयको अतिरिक्त

















 क्रियाकलापको रुपमा नभई सह-पाठ्यक्रम क्रियाकलापको रुपमा आँफुहरुले राखेकोले विगतदेखि निरन्तर रुपमा खेल सप्ताह आयोजना गर्दै आईरहेको र भर्खरै मात्र पुष २२ गतेदेखि २८ गते सम्म आदर्श ग्रुप अन्तर्गत स्नातक तह ( BBS) अध्ययन गराईने अर्को संस्था नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा खेल सप्ताह आयोजना भएको ब्यहोरा ब्यक्त गर्नुभएको थियो। खेल सप्ताहको उद्घाटन प्रमुख अतिथि रिजालले आदर्श माध्यमिक विद्यालयका सहायक प्राचार्य टंक प्रसाद गौतमलाई बल हस्तान्तरण गर्दै गर्नुभएको थियो। आज उद्घाटन दिनमा कक्षा १ देखि ४ सम्म ८०० मिटर दौड, भित्र वाहिर खेल र बिस्कुट खाने खेल सम्पन्न भएका थिए भने कक्षा ५ देखि ७ सम्म खोखो र लङ्जम्पका खेलहरु सम्पन्न भएका थिए। त्यसैगरि आजै कक्षा ८ देखि १० सम्म ब्याटमिन्टन, लङ्जम्प, ३००० मिटर दौड र १५०० मिटर दौडका खेलहरु सम्पन्न भएको जानकारी आयोजक विद्यालय प्रशासनले दिएको छ।

Post a Comment

Previous Post Next Post