मकवानपुरका दिपक बहादुर सिंह राज्यमन्त्री बन्ने

 मकवानपुरका दिपक बहादुर सिंह राज्यमन्त्री बन्ने


हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंबर १ बाट निर्वाचित सांसद दिपकबहादुर सिंह राज्यमन्त्री बन्ने भएका छन् ।



राप्रपाबाट उनी सहरी विकास राज्यमन्त्री बन्ने भएका हुन् । सत्तारुढ दलले मन्त्रालय भागवण्डा टुंगो लगाएसँगै सिंहले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्ने भएका हुन् ।


यस अघि सिंह मुख्य सचेतक बन्ने चर्चा रहेको थियो । तत्कालिन सत्ता गठवन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय डिना तथा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह मकवानपुर–१ बाट निर्वाचित भएका थिए ।

Post a Comment

Previous Post Next Post