क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठक सम्पन्न, २२ उपसमिति गठन ।

 नेपालगन्ज : कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) बाँकेको वर्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ ।


क्यान महासंघ बाँकेका अध्यक्ष शिशिरनारायण श्रेष्ठको अध्यक्षतामा बसेको क्यान महासंघ बाँकेको वर्षिक कार्ययोजना बैठकले १२ महिना १२ कार्यक्रमको समेत कार्ययोजना निर्माण गरेको छ ।

क्यान महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७९/८० को कार्ययोजना निर्माण गरेको हो ।

आव २०७९/८० को लागी महासंघ बाँकेले बिटुबी (B2B) कार्यक्रम, डिजिटल समिट, ट्रेनिङ एण्ड वर्कसप, स्कलरशिप प्रोग्राम, डिजिटल ट्रन्सफर्मेसन फर डेभलपमेन्ट नेपाल, अवार्नेस प्रोग्राम, फर्मेशन अफ आइसीटी क्लब, मेम्बरसीप एक्स्टेन्सन, स्कोप अफ डिजिटल मार्केटिङ/ वेव डेभलपमेन्ट इन आसिटी, आइडीया पिच प्रोग्राम, रिफ्रेसमेन्ट प्रोग्राम र सचिवालय ब्यवस्थापन सहितको कार्ययोजना निर्माण गरेको छ ।


त्यस्तै उक्त बैठकले विभिन्न समिती तथा उपसमितिको गठन गरि संयोजन तोकिएको छ।

जसमा गभर्मेन्ट कोर्डिनेसन कमिटीको संयोजनमा रमणी प्रसाद शर्मा/शिशिर नारायण श्रेष्ठ, इगभर्नेन्स कमिटीको संयोजनमा उमेश शर्मा, आसिटी एजुकेसन स्किल एण्ड ट्रेनिङ कमिटिको संयोजकमा निशान कुमार शाक्य, फण्ड राइजिङ कमिटिको संयोजकमा जिता कुमारी रावत, मेम्बरसिप एक्स्टेन्सन कमिटीको संयोजकमा ओस्कर थापा (गाहा), साइबर सेक्युरिटी एण्ड साइबर ल कमिटीको संयोजनमा दिपेश महतो, वमन इन आइसिटी कमिटीको संयोजकमा शोभा तिवारी, इहेल्थ कमिटी/ स्पोर्ट्स एण्ड इन्टरटेन्मेन्ट कमिटीको संयोजकमा यज्ञराज जोशी, इभेन्ट एण्ड प्रोजेक्ट डेभलपमेन्ट कमिटीको संयोजक दिपक कुमार खड्का, आसिटी फर युथ इपावरमेन्ट कमिटी/ मिडिया कभरेज एण्ड कोर्डिनेशन कमिटी तथा सफ्टवेयर एण्ड डिजिटल ट्रान्सर्फमेसन कमिटीको संयोजकमा रमेश क्षेत्रीलाई चयन गरिएको छ ।

त्यस्तै पावर सोलुसन कमिटीको संयोजकमा चन्द्र प्रकाश तिवारी, नेटवर्क एण्ड आइएसपि कमिटीको संयोजकमा भानु भक्त रेग्मी, सेक्युरिटी अर्भिलेन्स कमिटीको संयोजकमा बिष्णु कंडेल, आइसिटी हार्डवेयर कमिटीको संयोजकमा रेमन्त बहादुर खत्री, डिजिटल प्रीन्टिङ एण्ड प्रेस कमिटीको संयोजकमा सुनिल भण्डारी, टेक्निकल कोर्डिनेसन कमिटीको संयोजकमा उत्तम बहादुर क्षेत्री, ईन्स्टिच्युट कोर्डिनेसन कमिटीको संयोजकमा भुपराज भण्डारी/ दिपेश महतो र रिसर्च एण्ड डेभलपमेन्ट कमिटीको संयोजकमा बिरेन्द्र साउत चयन भएका छन् ।


बैठकको प्रमुख अतिथ्यता क्यान महासंघ लुम्बिनी  प्रदेश अध्यक्ष भोजराज तिमिल्सिनाले गरेका थिए भने बिशिस्ट अतिथिको रुपमा क्यान महासंघ बाँकेका पुर्व अध्यक्ष भुपाल गिरि लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post