नेपालगंज मल्टिपल क्याम्पस (NMC) मा खेल सप्ताह मनाईदै

पश्चिम नेपालकै उत्कृष्ट बिबिएस कलेज नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा यहि पुष २२ गतेदेखि २८ गतेसम्म खेलसप्ताह आयोजना हुन गईरहेको छ।       

              पढाईको साथ-साथै विद्यार्थीहरुको समग्र व्यक्तित्व विकाशको लागि आफ्नो सह-क्रीयाकलाप अन्तर्गत प्रत्येक वर्ष खेल सप्ताहको आयोजना हुँदै आईरहेको आयोजक NMC कलेज प्रशासनले जनाएको छ।       

                                खेल सप्ताहको दौरानमा क्रिकेट,फुटसल,भलीवल, कबड्डी लगायत जम्मा ८ खेल सम्पन्न गरिनेछ। बिबिएस प्रथम वर्ष, बिबिएस प्रथम वर्ष (पुरानो), बिबिएस दोस्रो वर्ष,बिबिएस तेस्रो वर्ष,बिबिएस चौथो वर्ष र बिबिएस चौथौ वर्ष ( पुरानो) गरी जम्मा ६ टिमबाट पुरुष र महिला खेलाडीहरुको आ-आफ्नो समुहको प्रतिनिधित्व गरि खेल खेल्ने जानकारी पनि NMC कलेज प्रशासनले दिएको छ।

Post a Comment

Previous Post Next Post