नेपालगंज मल्टिपल क्याम्पस (NMC) मा खेल सप्ताह शुरु

नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा आजदेखि खेल सप्ताह शुरु भएको छ। खेल सप्ताहको पहिलो दिन आज फुटसलका खेलहरु सम्पन्न भयका छन्।


 आज भएको पहिलो खेलमा BBS प्रथम वर्ष ( Old) ले BBS दोस्रो बर्षलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो।



 त्यस्तै आजको दोस्रो फुटसलको खेलमा BBS तेस्रो वर्षले BBS प्रथम वर्ष (New) लाई निकै प्रतिस्पर्धात्मक खेलमा हराई बाई पाएर फाईनल प्रवेश गरेको थियो। 


सेमिफाइनल खेलमा बिबिएस चौथो वर्षले प्रथम वर्ष ( पुरानो) लाई हराएको थियो। निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा तेस्रो बर्षले चौथो बर्षलाई हराएर यस बर्षको फुटसलको उपाधी जितेको छ। खेल सप्ताहको दोस्रो दिन भोली क्रिकेटका खेल हुने जानकारी क्याम्पस प्रशासनले जनाएको छ।

Post a Comment

Previous Post Next Post