आदर्श माध्यमिक विद्यालयमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अमन आचार्य
नेपालगंज
पश्चिम नेपालकै उत्कृष्ट विद्यालय आदर्श माध्यमिक विद्यालयमा हिंजो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। Annual Integrated Program नाम दिइएको कार्यक्रम आदर्श माध्यमिक विद्यालयका अध्यक्ष श्री संजय थापाको सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाका मेयर श्री प्रशान्त बिष्ट हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिहरुमा आदर्श समुहका प्रमुख शिक्षण सल्लाहकार श्री प्रकाश लामिछाने, प्रमुख निर्देशक श्री ईश्वर प्रसाद पोखरेल, नेपालगंज मल्टिपल क्याम्पस ( NMC) का अध्यक्ष श्री निरज गौतम, संस्थापक सदस्य श्री गिरिराज पौडेल, संस्थापक सदस्य श्री राजेन्द्र श्रेष्ठ, संस्थापक सदस्य श्री मुकेश गुप्ता, सनबिम माविका CEO श्री पवन गौतम, नेपालगंज मल्टिपल क्याम्पस ( NMC) का क्याम्पस प्रमुख श्री थानिश्वर पाण्डे, आदर्श माध्यमिक विद्यालयका प्राचार्य श्री विरभान के.सी. लगायत व्यक्तित्वहरु हुनुहुन्थ्यो। कार्यक्रमका संचालक स.प्राचार्य टंक गौतमले अनुराधा स्मृति पुरस्कार २०७८ सालको SEE परीक्षामा ३.९ जिपिए प्राप्त गरेकी विद्यार्थी अमिसा 









सिंहलाई प्रदान गरेको जानकारी दिनुभयो। अभिभावक भेला,फुड फेस्टिवल र रक्तदान कार्यक्रमको एकिकृत स्वरुपमा मनाईएको बार्षिकोत्सव कार्यक्रमको स्वागत मन्तव्य विरभान के.सीले दिनुभएको थियो भने विद्यालयका कृयाकलापहरु र भावि रणनीतिको बारेमा संक्षिप्त जानकारी प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले मन्तब्य मार्फत प्रदान गर्नुभएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन हुँदै अगाडी बढिरहेको कार्यक्रमको बिचमै दुखद खबर आएकोले कार्यक्रमका सभापती श्री संजय थापाले कार्यक्रमलाई तत्काल समापन गर्दै दुखद दुर्घटनाको कारणले रोकिएका सांस्कृतिक कार्यक्रमहरु पुनः अर्को कुनै कार्यक्रम गरेर समाहित गर्ने वचन उपस्थित अभिभावकहरु सङ्ग गर्नुभएको थियो। आदर्श समुह अन्तर्गतका सबै संस्थाहरुमा आज दुखद दुर्घटनाको शोकको रुपमा विदा दिइएको छ।

Post a Comment

Previous Post Next Post