परासीको पवन माविमा एनएमबि बैंकको वित्तीय साक्षरता

 परासीको पवन माविमा एनएमबि बैंकको वित्तीय साक्षरता


रंजीत शर्मा/ परासी/१० चैत।

एनएमबि बैंक लिमिटेड परासी शाखा पश्चिम नवलपरासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ ।


नवलपरासी जिल्ला रामग्राम नगरपालिकामा अवस्थित पवन माध्यमिक विद्यालयका कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।







एनएमबि बैंक लिमिटेड परासीका शाखा प्रबन्धक रामनरेश गुप्ताले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनले बैंकको महत्व र दैनिक जीवनमा बैंकको प्रयोग,डिजिटल बैकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु,संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता,भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाताबारे जानकारी,शेयरकारोबार सम्बन्धी ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए ।


कार्यक्रममा पवन माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक सालिकराम लामिछाने र शिक्षक पुर्सोतम तिवारीले युवा विद्यार्थी एवं शिक्षक तथा प्राध्यापकहरुलाई वित्तीय साक्षरता जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यावहारिक वित्त सम्बन्धी ज्ञान आफुहरुले सिकेको बताएका थिए ।


पछिल्लो समय नेपालमा डिजिटल कारोबार बढ्दो क्रममा देखिएको छ। सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएपछि यस्तो कारोबार बढ्दै गएको देखिन्छ । सरकारको नीतिसँगै नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकता दिँदै आक्रामक रुपमा अगाडि बढेको देखिन्छ । राष्ट्र बैंकको नीति अनुसार डिजिटल कारोबारमा तिब्रता आएको छ भने भुक्तानी सेवा प्रदायक कम्पनीहरु पनि विभिन्न योजनासहित आक्रामक ढंगले सेवा विस्तार गरिरहेका छन् । तर धेरै ग्राहकलाई वित्तीय सम्बन्धि ज्ञान कम भएकोले ग्राहकलाई ध्यानमा राखी कार्यक्रम गरिएको एनएमबि बैंक लिमिटेड परासीका शाखा प्रबन्धक रामनरेश गुप्ताले बताए। 


एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरी ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलो पटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो ।

सो कार्यक्रममा बैंकका कर्मचारी चिरञ्जीवी पौडेल,सूर्य नारायण पाठक लगायत ४० जना बिद्यार्थीको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post