पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती

 पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती


रंजीत शर्मा/नवलपरासी/१९ फाल्गुन। 


पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं २ हरपुरमा आगो लाग्दा लाखौंको क्षती भएको छ । 

 

पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने भगवति केवटको घरमा आगो लागेको हो। चुलोमा खाना फकाएर राम्रो संग आगो न निभाउनले आगो लागेको स्थानियहरुले बताएका छन्। 






आगो लाग्दा लाखौंको काठ,लगभग १० क्विन्टल चामल गेहु,  दर्जन जति कपडा, विभिन्न कागजात जलेर नष्ट भएको छ। 

अागलागि भयपछि स्थानीय बासी,सशस्त्र प्रहरी बल हरपुर, ईलाका प्रहरी कार्यालय पिपरहावाको सहयाेगमा आगो लाई नियन्त्रण लिईएको थियो । 

 

पाल्हीनन्दन गाउँपालिकामा आफ्नो दमकल न हुँदा छिमेकी पालिका रामग्राम नगरपालिकाको दमकलले सहयाेग गरेको थियो। आगो लाग्ने ठाउँको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post