NMC मा बिषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

 NMC मा बिषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

अमन आचार्य
नेपालगंज

पश्चिम नेपालकै उत्कृष्ट बिबिएस कलेज नेपालगंज मल्टिपल क्याम्पस ( NMC) मा आज सह: पाठ्यक्रम क्रियाकलाप अन्तर्गत बिबिएस तेश्रो बर्षको बिषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। 




वित्तीय प्रणाली बिषयको बिषयगत हाजिरीजवाफ प्रतियोगिता २ वटा सेक्सनबाट २-२ वटा गरि जम्मा ४ वटा समुहहरुको बिचमा गराईएको थियो। कुल ७ राउण्डमा गराईएको प्रतियोगितामा सबै प्रश्नहरु विद्यार्थीको लागि परीक्षामा आउन सक्ने प्रश्नहरु सोधिएको थियो। प्रतियोगितामा ६ अङ्क हासिल गर्दै सेक्सन बि को प्रकाश रेग्मी,प्रबिन्ता खत्री र ‌पुष्पा शर्माको समुह प्रथम भयो भने सेक्सन ए का  सुधिर योगी, सुमित्रा योगी र स्वस्तिका शाही र सन्देश के.सी.,







 प्रभा वली र प्रकृती खत्रीको समुहहरुले ५-५ अङ्क प्राप्त गरि संयुक्त रुपमा दोस्रो स्थान हासिल गरे।  प्रतियोगितामा बिजयी समुहका सदस्यहरुलाई बधाईको टिका लगाईदिदैं कलेजका प्रमुख निर्देशक ईश्वर पोखरेलले बिजेता समुहका सदस्यहरुलाई शिक्षण शुल्कमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनु भयो। बिषयगत हाजिरीजवाफ प्रतियोगिता सबै तह अन्तर्गत सवै बिषयहरुलाई समेट्ने गरेर नियमित रूपमा संचालन गरिने जानकारी क्याम्पस प्रशासनले दिएको छ।

Post a Comment

Previous Post Next Post