मिस्टर एण्ड मिस एस.ई.ई'को दोस्रो संस्करणको तयारी शुरु

 मिस्टर एण्ड मिस एस.ई.ई'को दोस्रो संस्करणको तयारी शुरु


नेपालगञ्ज । पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई दोस्रो संस्करणको तयारी शुरु भएको छ ।नेपालगञ्जमा पीके इभेन्ट्सले मिष्टर एण्ड मिस एस.ई.ई  इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ इभेन्ट्सको दोस्रो संस्करणको तयारी शुरु गरेको हो ।नेपालगञ्ज जेठ २७ गते शनिबार हुने अडिसनको लागि ५२ जना प्रतिस्पर्धीले फारम भरिसकेको पिके इभेन्ट्सका प्रालीका अध्यक्ष प्रकाश कुँवरले बताउनुभयो ।


मिष्टर एण्ड मिस एस.ई.ई को प्रतिस्पर्धामा र्भखरै यस वर्ष एस.ई.ई दिएको विद्यार्थीहरुले उत्साहजनक सहभागीता देखिएको छ ।दोस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नुहुनेछ ।प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।मिष्टर एण्ड मिस एस.ई.ई को विजेताले +२ मा छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ।

Post a Comment

Previous Post Next Post