२०८४ सम्म सान्नीत्रीवेणी गाँउपालिका बालविवाह मुक्त



कालिकोट कर्णाली प्रदेश, सान्नी त्रिवेणी गाउँपालिकालाई बाल विवाह मुक्त पालिका निर्माणका लागि संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल विवाहको अन्त्य गर्नका लागि पालिकाले चाल्नु पर्ने कदम, बनाउनु पर्ने नीति नियम तथा आम नागरिकहरुको राय सल्लाह सुझाव सहित, बाल विवाह मुक्त पालिका निर्माणका लागि अब के गर्नु पर्छ भन्ने विषयमा छलफल भएको हो ।



गाउँपालिकाले अगामी दिनमा कस्तो रणनिति अपनाउदै छ भन्ने विषयमा संवाद कार्यक्रम गरिएको हो । प्लान ईन्टरनेश्नल नेपालको सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको सहजिकरण र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा भएको संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि, उपाध्यक्ष पार्वति शिंह संज्याल, वडा नं ४ का वडा अध्यक्ष देव नाथ योगि , वडा नं ३ का वडा अध्यक्ष रंगलाल देवकोटा, वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्याल , प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि विषयगत शाखाका प्रमुख, राजनितिक दल, बाल क्लव, वुद्दिजिवि लगायतको सहभागिता रहेको थियो ।

सान्नी त्रिवेणी गाउँपालिकालाई कस्तो पालिका वनाउनु पर्ला बाल वालिकाको कुन कुन क्षेत्रमा लगानि गर्नु पर्छ लगायतका विषयमा छलफल भएको थियो । बाल विवाह मुक्त पालिका निर्माणका लागि विद्यालय स्तरमा अभियान संचालन गर्नु पर्ने , नीति नियम बनायर कार्यन्वयनको पाटोमा लैजान उपस्थितहरुले माग गरेका छन । बाल विवाह मुक्त पालिका निर्माणका लागि शिक्षामा पहिलो प्राथमिकता दिनु पर्ने , गाउँ समाज टोलमा यसका विषयमा अभियान संचालन गर्नु पर्ने बताएका छन ।



यस्तै सान्नी त्रिवेणी गाउँपालिकाले बाल वालिकामा ठुलो लगानि गर्नु पर्ने र बाल वालिकाको क्षेत्रमा लगानि गर्दा खेर नजाने समेत बताएका छन । बाल विवाह बढनुको मुख्य कारण गरिबी रहेको समेत सहभागिले बताएका छन । गरिबी न्यूनिकरण गर्न सकेमा बाल विवाहक अन्त्य गर्न सकिने बताएका छन । बाल विवाह न्यूनिकरण गर्नका लागि र बलवालिकाको लागि पालिकाले बजेट छुट्याउनु पर्ने किशोरिहरुले बताएका छन ।

बाल वालिकाको क्षेत्रमा लगानि गर्नु पर्छ भनेर आफुले वारम्बार कुरा उठाइरहेको वडा नं ४ का वडा अध्यक्ष देवनाथ योगिले बताउनु भयो । सामाजिक कुरिति र विकृतिको अन्त्यका लागि सवैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । पहिलो क्रममा पालिकालाई बाल विवाह मुक्त पालिका निर्माणका लागि २ वटा वडाबाट सुरुवात गर्ने घोषणा गर्नु भयो । २०८४ सम्म ९ वटै वडामा एकैचोटि संचालन गर्दा केही झन्झन र ध्यान नपुग्ने भएको हुँदा पहिलो चरणमा २ वटा वडावाट अभियान संचालन गर्ने बताउनु भयो ।

आफ्नो यो पाँच वर्षको कार्यकालमा नै सान्नी त्रिवेणी गाउँपालिकालाई बाल विवाह मुक्त पालिका निर्माण गर्ने उपाध्यक्ष पार्वति शिंहले बताउनु भयो । पालिकाले गर्नु पर्ने कामहरु निरन्तर रुपमा गरिरहेको र यसमा सबैले सहयोग र समन्वय गर्नु पर्ने बताउनु भयो ।



गाउँपालिकामा सन २०२० मा ५८ प्रतिशतले बाल विवाह गरेका थिए भने सन २०२१ मा बाल विवाह गर्नेको संख्या ७० प्रतिशत पुगेको थियो । यस्तै २०२२ मा भने बाल विवाह दर घटेर ४८ प्रतिशतमा आएको सादा नेपालले गरेको सर्वेक्षणले देखाएको छ । अव यसलाई शुन्यमा झार्नका लागि विभिन्न संघ संस्था , स्थानिय सरकार र आम नागरिकहरुले अभियानका रुपमा लाग्ने पर्ने बताईएको छ । कार्यक्रमको सहजीकरण निरज न्यौपाने गर्नुभएको थियो ।

Post a Comment

Previous Post Next Post