विवेक र कृतीले उचाले ‘मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज : सिजन टु’ को उपाधि

 नेपालगन्ज, नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा शनिबार भएको ग्रान्ड फिनालेमा सहभागी अन्य प्रतिस्पर्धीलाई उछिन्दै बिबेक र कृति विजेता बन्न सफल भएका हुन् । विजेता बनेसंगै बिबेक र कृतिले प्लस टू अध्ययन गर्दा आयोजकको तर्फबाट फुल स्कलरशिप प्राप्त गरेका छन् ।


पिके इभेन्ट प्रालिको आयोजना सम्पन्न उक्त प्रतियोगिताको फर्स्ट रनरअपको उपाधि रन्जुला राज्यलक्ष्मी शाह र अनुपमा थापा मगरले पाएका छन् भने अनन्या श्रेष्ठ र अपेक्षा जिसीले सेकेन्ड रनरअपको उपाधि हात पार्न सफल भएका छन् ।

त्यस्तै, अर्गनाइजर च्वाइसको उपाधि क्रिस्टिना शर्माले पाउँदा भिवर्स च्वाइसको उपाधि सार्ची चौधरीले पाइन् ।

चर्चित मिडियाकर्मी समिर मान श्रेष्ठले निकै उत्साहजनक तरिकाले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा गायक प्रकाश सपुतको अहिलेको चर्चित गीत सकम्बरीकी मुख्य मोडल तथा कलाकार कुसुम शर्मा , मोडल तथा इभेन्ट म्यानेजर अन्जन कुँवर र कलाकार इवन लिम्बू रहेका थिए।

फाइनल प्रतियोगिताको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सांसद माननीय मीना श्रेष्ठ हुनुहुन्थ्यो । आफ्ना छोराछोरीलाई हौसला प्रदान गर्नको लागि प्रतिस्पर्धीका अभिभावकको समेत उल्लेखनीय सहभागीता रहेको थियो ।

१ महिना अघि भएको अडिसनबाट यस प्रतियोगिताको फाइनलको लागि १२ जना प्रतिस्पर्धी छानिएका थिए । यस दोश्रो सिजनको कोरियोग्राफर सेन्जल पौडेल हुन् । यस भन्दा अगाडिका सिजन र फेस अफ नेपालगन्जको तीन वटा सिजन भव्यताका साथ सम्पन्न गरिसकेको पिके इभेन्टका फाउन्डर प्रकाश कुँवर हुन् । नेपालगन्जमा छरिएर रहेका युवायुवतीको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले पिके इभेन्टले यस्ता खालका कार्यक्रम गरिराख्ने प्रकाश बताउँछन् ।

Post a Comment

Previous Post Next Post