राष्ट्र र राज्य भन्नू भुगोल मात्रै होइन - सागर सरकार ।

राष्ट्र भनेको कुनै निश्चित ऐतिहासिक नामसहितको भूखण्डभित्र बसोबास गर्ने निश्चित सामूहिक नामधारी जाति वा मानव समुदाय को भावना नै राष्ट्र हो । कुनै पनि निश्चित भूगोलभित्रको साझा इतिहास, साझा अर्थतन्त्र, साझा धर्म संस्कृति , मौलिक रितिरिवाज , साझा भाषा र साझा मनोविज्ञानको केन्द्रीकृत वा सग्लो रूप नै राष्ट्र हो ।


हाम्रो नेपाल रास्ट्र को भुभाग / छेत्रफल बारे भन्ने हो भने नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म हुँदा क्षेत्रफल २,६७,४७५ वर्ग कि.मि. थियो । नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा सतलजसम्म कायम हुँदा क्षेत्रफल २,०४,२१७ वर्ग कि.मि कायम भयो र सन् १८१६ मार्च ३ मा सुगौली सन्धीमा हस्ताक्षर हुनुअघि नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग कि.मि. रहेकोमा सुगौली सन्धीपश्चात् नेपालको क्षेत्रफल १,४७,१८१ कि.मि. कायम भएको थियो । र २०७७ साल जेष्ठ ०७ गते लिपुलेक कालापानी सहितको क्षेत्रफल समेटेर नेपाल को नक्सा सार्वजनिक भइसकेपछी उक्त क्षेत्रफल रहन गयो ।
नेपाल रास्ट्रको क्षेत्रफल / भुभाग / सिमानाका विषयमा वादविवाद भए आन्दोलन हरु भए तर रास्ट्रको बहुमत जनसंख्या को भावना उनीहरुको आस्था माथी प्रहार हुँदा किन कोहि बोलेनन् ,

राज्य भन्नाले धार्मिक, सांस्कृतिक , आर्थिक , राजनीतिक तथा प्रशासनिक वर्गीय अङ्ग हो । राज्य समाजको चरित्र शासकीय सङ्गठनहरूको स्वरूप संरचना र हैसियत जनाउने समग्र रुप हो , राज्य सार्वभौमसत्ता सम्पन्न र शक्तिशाली अङ्ग पनि हो ।
नेपाल एक स्वतन्त्र अविभाज्य र सार्वभौमसत्तासम्पन्न राज्य हो र राज्य जनताको त्यो मौलिक भावना पनि हो जहाँ सामाजिक मूल्य मान्यता रितिरिवाज र परम्परा र धर्म संस्कृतिहरुको संरक्षण हुनेगर्दछ ,
तर हामिले बढो गज्जबले उच्चारण र प्रयोगमा त ल्याउछौ यो शब्द " धर्म संस्कृति " तर के तपाई लाई थाहा छ हाम्रो धर्म संस्कृति के के हुन ? के हामीले आजभोलि अङ्गाली रहेको दिनचर्या गतिविधि हाम्रो धर्म संस्कृति हो त ? घरमा अलि पाको उमेर भएका बुवा आमा हजुरबुबा हजुरआमा लाई सोधौं , अध्ययन गरौं खोजी गरौं , आफुलाई नेपाली हु भन्ने अनि ह्या सबैको संस्कृति लाई सम्मान गर्नुपर्छ भन्ने र भोटको मसिन बनाउने , धर्म र संस्कृति का बारेमा बोल्ने र आवाज उठाउने संघ संस्था र पार्टी हरुको उल्टो कटाक्ष गर्ने अनि काङ्ग्रेस , एमाले , माओवादी , रास्वपा , नागरिक उन्मुक्ति पार्टी हुनमा गर्व गर्ने हामी हौ नेपाली सबै एक हु भन्ने खोक्रो कुरा गर्ने ? नेपाली भनेको के हो ? के नेपाली भनेको नेपालमा वसोवास गर्ने नागरिक भन्नुहुन्छ हो ठिक छ यो नेपाली को पहिचान के हो ? मौलिकता के हो ?


आफुलाई नेपाली भन्ने अनि नेपाल को धर्म संस्कृति का विषय आउँदा चुपचाप लाग्ने के तपाईंले नेपाली हुनुको जिम्मेवार पूरा गर्नु भएको छ त ? हो ठिक छ तपाईंहरु धर्म संस्कृति को समर्थन मा बोल्नेहरु जस्तो नाराबाजी गर्दै नहिड्नु काङ्ग्रेस एमाले माओवादी या राप्रपा के के बन्ने हो बन्नु तर यसको वावजुत तपाईं नेपाली पनि बनिदिनुहोला , मैले बुझेको र देखेको भविस्य एकदम घनघोर छ भयंकर छ संकट आउनु अघि समाधान खोजौं , बाढी आउनु अघि लाइफ ज्याकेट सहित अन्य ब्यबस्थापन गरौं , आगो लाग्नु अघि पानी कहाँ छ खोजौं तर आफू आफ्नो परिवार , समाज र राज्यको धर्म संस्कृति ऐतिहासिक संरचना हरु र गौरव को विरुद्ध जस्तो लाग्ने मुद्दाहरुमा तपाईं एक नेपाली हुनुस ।
अन्त्यमा ,
धर्म संस्कृति सकिए , नेपाल को विशेषता सकिन्छ , मौलिकता सकिन्छ , हामी नेपाली हौ भन्नुको औचित्य सकिन्छ , तिमी सकिन्छौ हामी सकिन्छौ , सकिनुको अर्थ भौतिक शरीर नाश हुनु , हात पाखुरा लुलो , लङ्गडो हुनु भन्ने मात्रै होइन , हाम्रो मुल्य मान्यता , आस्था भरोसा सब सकिनु हो ,
नेपालको मौलिकता वैदिक सनातन हिन्दु रास्ट्र हो , जसलाई सिध्याउन विदेशी शक्ति र स्वदेश का केही दरिद्र हरु लागीरहेका छन , नेपाल को नामाकरण के हो भन्नु सङ्ग खासै महत्व राख्दैन यसको मौलिकता बचाउन सक्छ भने त्यो एक मात्र उपाय
" ॐ परिवार का सबै सदस्य एकै मालामा ,
वैदिक सनातन हिन्दु रास्ट्र हाम्रै पालामा "
चेतना भया ।

Post a Comment

Previous Post Next Post