बाँके बर्दियामै BBS अध्ययनको लागि पहिलो रोजाइ NMC कलेज

 भर्खरै प्रकाशित भएको यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा सफल हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिंदै आदर्श ग्रुप द्वारा संचालित पश्चिम नेपालकै उत्कृष्ठ BBS कलेज NMC मा नेपाली माध्यमको २ वटा सेक्सन र English Medium को २ वटा सेक्सनको लागि प्रथम वर्षमा भर्ना खुलेको जानकारी कलेज प्रशासनले गराएको छ। पछिल्ला लगातार वर्षहरुमा उत्कृष्ठ रिजल्ट ल्याउँदै व्यवस्थापनको व्यवहारीक शिक्षा प्रदान गर्दै आईरहेको NMC कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि उच्चतम शैक्षिक सुविधाहरु भएको व्यहोरा कलेज प्रशासनले अवगत गराएको छ:

 १. नेपालगंजको जाडो र गर्मीलाई मध्यनजर गर्दै सम्पुर्ण कक्षा कोठाहरुमा A/C जडान भएको।


 २. व्यवस्थापनको संकायमा लामो समय प्राध्यापन अनुभव भएका अध्यापकहरु द्वारा अध्यापन गराइने।

 ३. फाइनल परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउनको लागि नियमित कक्षाहरुको अलावा ट्युसन र कोचिङको नाममा विद्यार्थीहरुले अतिरिक्त शुल्क तिर्नु नपर्ने।

 ४.विभिन्न कारणले गर्दा नियमित कक्षामा नबुझेका र कमजोर विद्यार्थीहरुको लागि निशुल्क रुपमा क्याम्पसमै अतिरिक्त कक्षाहरुको व्यवस्था भइरहेको।


 ५.क्याम्पसमै कम्प्युटर सिक्न चाहने विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटरका बेसिक कोर्सहरु पढाईने। 


६. BBS को अध्ययनको दौरानमा काम गर्न चाहने विद्यार्थीहरुलाई सिप अभिवृद्धिको लागि विभिन्न तालिम प्रदान गरेर नीजि संस्थामा कामको व्यवस्था गरिने।


७. 'कमाउँदै पढ्दै' भन्ने भनाईलाई व्यवहारिक रुपमा लागु गर्नको लागि विद्यार्थीहरुलाई निरन्तर रुपमा उत्प्रेरित गरिरहने।

 ८. व्यवस्थापनको विद्यार्थीहरुलाई सेयर बजार सङ्ग जोड्नको लागि कक्षा कोठामै निशुल्क बैंक खाता, डिम्याट खाता,मेरो सेयर भरिदिने।

 ९.यदि विद्यार्थीले आँफु र आफ्ना परिवारका सदस्यहरु मध्य कम्तिमा ४ जनाको नाममा लगातार रुपमा IPO भरेमा सेयर नपर्दा सम्म विद्यार्थीहरुबाट कुनैपनि शिक्षण शुल्क नलिने। 
     

१०. BBS को सैद्दान्तिक ज्ञानलाई ईन्ट्रनसिप, समस्या समाधान, केस स्टडी, तनाब व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, आर्थिक व्यवस्थापन,स्थानिय उद्यमशिलता बिकाश जस्ता व्यवस्थापनका व्यवहारिक पक्ष सङ्ग जोड्दै एकदमै न्युनतम शुल्कमा विद्यार्थीलाई दक्ष, सक्षम र क्षमतावान व्यक्तिको रुपमा बिकाश गर्ने प्रयास जारी राख्ने।

११. कमजोर आर्थिक अवस्था, जेहेन्दार,खेलकुद,दुर्गम क्षेत्र, शारीरिक अशक्तता, गित संगित प्रतिभा, नृत्य कौशल, व्यवस्थापिक क्षमता जस्ता विभिन्न समुहगत रुपमा विद्यार्थीहरुलाई शिक्षण शुल्कमा छात्रवृत्ति प्रदान गर्ने।

Post a Comment

Previous Post Next Post