बास नेपाल दुल्लू उपशाखा पुन: गठन

 दैलेख बास नेपाल दुल्लु उपशाखा पुनर्गठन गरिएको छ । सनिबार बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा बसेको बैठकले दुल्लु उपशाखा पुनः गठन गरेको हो ।



बास नेपाल कर्णाली प्रदेशका सचिव नारायण प्रसाद रिजाल को प्रमुख अतिथ्यतामा १३ सदस्य दुल्लु उपशाखा गठन गरिएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले खुल्ला प्रेसलाई जानकारी दिए ।


उनले दिएको जानकारी अनुसार यश अघिको पहिलो दुल्लू नगर उपशाखाका अध्यक्ष पनि नारायण प्रसाद रिजाल रहेका थिए । उपशाखाको अध्यक्षयमा प्रकास प्रसाद आचार्य, उपाध्यक्षमा कमला कुमारी रावत, सचिवमा शुशिल कार्की, सहसचिव उपेन्द्र देवकोटा, कोषाअध्यक्ष जिसिना थापा, सदस्यहरु मनिराज आचायर्, सविना कुमारी थापा, प्रकाश रावत, जगत कुमारी पाण्डे, दिलिप शाही, अस्मीता कुमारी सिंह, ललित थापा र चित्रप्रसाद लम्साल रहेका छन् । उपशाखाले प्रत्यक महिनाको पहिउलो सनिबार मासिक बैठक गर्ने निर्णय गरेको छ ।




Post a Comment

Previous Post Next Post