कलेजो रोगबाट पीडित मनोजमान प्रधानलाई आर्थिक सहयोग

कोरियामा रहेका प्रधानका साथी गोबिन्द अधिकारीको पहलमा संकलित एक लाख त्रिसठ्ठि हजार सात सय पचास रुपैयाँ प्रधानलाई हस्तान्तरण गरिएको हो ।


उक्त सहयोग रकमको चेक सेन्टथोमस स्कुलकी संयोजक दुर्गा शाहीले प्रधानलाई हस्तान्तरण गरेकि हुन् । नेपालगञ्ज १ धम्बोझी निवासी प्रधान बिगत चार बर्ष देखि कलेजो रोगबाट पीडित छन् । कमजोर आर्थिक अवस्थाका प्रधानको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले निजलाई सहयोग आवश्यक थियो । सहयोग हस्तान्तरण गर्दै सेन्टथोमस स्कुलकी संयोजक दुर्गा शाहीले भनिन्– समाजसेवी प्रधानको स्वास्थ्य उपचार सहयोगार्थ मानविय भावनाबाट प्रेरित भई सहयोग गरिएको हो । वहाँलाई थप सहयोगको खाँचो भएकाले सहयोग गरिदिन उनले अनुरोध गरिन् । सहयोग ग्रहण गरिसकेपछि कलेजो रोग पीडित प्रधानले सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले भने–कलेजो प्रत्यारोपणका लागि अझै धेरै रकम खर्चिनु पर्ने भएकाले मनकारी मनहरुबाट सहयोगको अपेक्षा गर्दछु । प्रधान रेयुकाई लगायतका संस्थाहरुमा लामो समय देखि क्रियाशिल छन् ।

Post a Comment

Previous Post Next Post