मुगुमा जातीय भेदभाव गर्ने दुई जना प्रकाउ एक जना प्रकाउ पर्न बाँकी

विक्रम तिरुवा

जुम्ला 

०८ पुस । मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुमा पीडितले ३ जनाविरुद्ध दिएको उजुरीका आधारमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । जाहेरीमा नाम उल्लेख गरिएका मध्ये एक जना भने पक्राउ पर्न बाँकी छन्  ।

पक्राउ पर्नेमा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् भने स्थायी घर दाङ भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत थिइन । 

उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन्। तर गत वैशाखमा जात थाहा पाएपछि दलित भन्दै डेरा सार्न बारम्बार दबाब दिएकी थिइन । 


जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। सार्वजनिक पदमा बसेका व्यक्तिलाई यसमा ५० प्रतिशत थप सजाय हुनेछ।


Post a Comment

Previous Post Next Post