पर्यटन मन्त्री किराँती बने विवादास्पद!

विक्रम तिरुवा 

   जुम्ला 

सामाजिक संजालमा अहिले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँती विवादास्पद बनेका छन् । बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभल कार्यक्रममा बोलेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती विवादमा परेका हुन ।एक धार्मिक कार्यक्रममा दिएको अभिव्यक्ति लिएर मन्त्री किराँतीमाथि व्यापक आलोचना भएको छ । उक्त कार्यक्रममा मन्त्री किराँतीको यस्तो  अभिव्यक्ति थियो "क्रीस्चियनलाई मान्दिनँ भन्नू चाहिँ संविधान मान्दिनँ भन्नू हो,संविधान मान्दिनँ भन्ने देशद्रोही हुन,यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हातकडी लगाउने जेलमा हाल्दिने हो"। मन्त्री किराँतीले यहीँ अभिव्यक्ति दिएका हुन।



बिहीबार मन्त्री किराँतीको विरुद्धको काठमाडौमा विरोध प्रदर्शन कार्यक्रम भएका छन् । किराँतीको राजिनामा माग गर्दै विरोध प्रदर्शन कार्यक्रम भएका हुन । हिन्दुमाथि र समग्र कानूनमाथि लात हान्ने काम किराँतीले गरेको भन्दै यस्तो प्रदर्शन भएको हो । भने किराँतीले भने आफूमाथि लागेको आरोपलाई खण्डन गर्दै विभिन्न अन्तर्वार्तामा नेपाल धर्म निरपेक्ष राज्य भएकोले मैले कानूनको पालना गर्नुपर्छ । "यदि यो देश कानून नमान्नेलाई मैले कारबाही हुन्छ भन्न खोजेको हुँ"। मन्त्री किराँतीले भन्नुभयो । मन्त्री किराँतीले सामाजिक संजालमा स्पष्टीकरण दिदै यसो लेख्नुभएको छ "बहशको लागि सबैलाई धन्यवाद !संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो, भन्‍नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दु भने,बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।" मन्त्री स्पष्टीकरण दिदै गर्दा पनि विविध आरोप प्रत्यारोप र आलोचना हुन भने रोकिएको छैन । 

Post a Comment

Previous Post Next Post