आई.सी.टी क्लब सुर्खेतको अध्यक्षमा बुढा"

  सुर्खेतमा रहि सूचना सञ्चार तथा प्रबिधी क्षेत्रमा काम गर्दै आएको आई.सी.टि क्लबको सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ उक्त सभाबाट जनक बुढा अध्यक्ष पदमा निर्बाचित भएका छन । सूचना प्रबिधी सम्बन्धि अन्तरक्रीया तथा तेस्रो साधारण सभाको अध्यक्षता नि. अध्यक्ष टीका प्रसाद ढकालले गर्नु भएको थियो । उहाँले सस्थाले आई.टी. सम्बन्धी गतिबिधी गरिरहेकोमा नयाँ कार्यसमितिले यस्ता गतिबिधिलाई थप बढुवा दिने बिस्वास ब्यक्त गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथी तथा सस्थापक अध्यक्ष सुवास बि सी ले आई.सी.टि. क्लब सुर्खेतले आई. टि. गतिबिधी लाई थप शसक्त बनाउदै शिक्षामा प्रबिधीको नबिनतम प्रयोग गर्न क्लबले थप भुमिका खेल्नु पर्ने र सस्थाको गतिबिधिमा प्रत्यक्ष रुपमा सधै सहयोग रहने बताउनु भयो । 


साथै नव निर्बाचित अध्यक्ष बुढाले सस्थाले आई.टि क्षेत्रको बिकास र बिस्तारको लागि सधै अग्रणी भूमिका खेल्ने र आफ्नो सम्पुर्ण टिम त्यसको लागि प्रतिबद्द रहेको बताए । सस्थाको तेस्रो बार्षिक साधारण सभा बाट अध्यक्षमा जनक बुढा, उपाध्यक्षमा शकर चन्द ठकुरी, महासचिब मनिचन्द्र अधिकारी, सचिब खडक बि सी, कोषाध्यक्ष रेखा बुढा, सदस्यहरु सगिता शाही र चन्द्रा वलि निर्बाचित भएका छन ।

Post a Comment

Previous Post Next Post