अछाम र दैलेख सुरज रावत र वीरेन्द्र शाहको संवेदनामा रहेरर दीप प्रजनन कार्यक्रम समापन

 Eps eps परीक्षालाई लिएर ललितपुरको बालकुमारीमा भएको आन्दोलनबाट मृत्यु भएका अछाम र दैलेख  सुरज रावत र वीरेन्द्र शाहको संवेदनामा रहेरर दीप प्रजनन कार्यक्रम समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लोकबहादुर शाहीले गर्नुभएको थियो। 




विशेष अतिथिको आसन ग्रहण वीरेन्द्रका जेसिस वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र पाठक र वीरेन्द्र जेसी वर्ष २०२३ का जिएलसी दिलिप जंग शाहीले गर्नुभएको थियो। अतिथिको आसन ग्रहण सुर्खेतकी अध्यक्ष प्रमिला खनाल योगदान राष्ट्रकी अध्यक्ष सुजिता रोका वीरेन्द्रका जेसिस वर्ष २०२३ का अध्यक्ष अनिरासोबिका नगर कमिटी अध्यक्ष प्रतीक शाही समाजसेवी आशिष रसाइली । गर्नुभएको थियो। कार्यक्रममा सभापतिको आसन ग्रहण बिरेन्द्रनगरका सामाजिक अभियन्ता एवं सक्रिय युवा शंकराचार्यले गर्नुभएको थियो। यसैगरी विभिन्न पत्रकारहरू बौद्धिक सामाजिक एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो।  उक्त कार्यक्रम  करिब ४० जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिले बोल्दै जुन इतिहासको बालकुमारी ललितपुरमा भएको बालकुमारीमा भएको घटनामा सबैको दोषभन्दा पनि यसमा राज्यले रोजगार सिर्जना गर्न नसकेर यस्तो भएको कुरा ठहर गर्नुभएको थियो। यस्तै विभिन्न वक्ताहरुले राज्यलाई दोष दिनुभन्दा पनि विभिन्न निकायहरु अथवा हामीले नै देशमा किन रोजगार सिर्जना गर्न सकेको छैन भन्ने कुरालाई नै टुंगो लगाउनु भएको थियो, सँगै उक्त उक्त घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारलाई माग र अपिल पनि गर्नुभएको थियो। कार्यक्रममा सभापति शंकर आचार्यले यस्ता शान्तिपूर्ण कार्यक्रम सदैव गरिरहने र यस्ता कार्यक्रममा समाज रूपान्तरणका निम्ति र युवालाई किन राज्यले रोजगार दिएको छैन र यस्तो घटनालाई राज्यले किन मुखदर्शक बनेर हेरिरहेको छ भन्ने कुराले आफ्नो आफ्नो तसै कार्यक्रम समापन गर्नुभएको थियो।

Post a Comment

Previous Post Next Post