लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको चाइल्ड क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

 नेपालगन्ज : सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले मेल्भिन जोनको १४५ औं जन्मोत्सव मनाउने क्रममा चाइल्ड क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको हिमालयन एकेडेमीका विद्यार्थीहरुलाई उक्त कार्यक्रम गरिएको क्लबका अध्यक्ष ला. जयश जंग शाहले बताउनुभयो ।


क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट ला. खेमा भण्डारीले दिनु भएको प्रशिक्षणमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुक‍ो सहभागी रहेको विद्यालयका प्रिन्सिपल ध्रुब दाहालले बताउनुभयो ।

लायन्स क्लव अफ नेपालगन्ज एभरेस्टले बुधबार नेपालगन्जका क्यासिनोमा कार्यरत रहेका महिला कर्मचारीहरुलाई ब्रेस्ट क्यान्सर सम्बन्धि प्रशिक्षण दिएको क्लबका अध्यक्ष शाहले बताउनुभयो ।

बिहीबार गरिएको जनचेतनामूलक कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु ला. केपी घिमिरे, लायन सुमन गिरी श्रेष्ठ, क्लबका सदस्यहरु लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

Post a Comment

Previous Post Next Post