शान्तिका लागि साइकल मार्फत विश्व यात्रामा निस्किए दैलेख का केशव रिजाल सहित कर्णालिका तीन युवा

नारायण रिजाल (सम्पादक) कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् । जसमा मुगुका एक र दैलेखका दुईजना युवा रहेका छन् । उनीहरू नेपालको पर्यावरण संरक्षणको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई नेपाललाई विश्वसामु चिनाउने उद्देश्यका साथ काठमाडौंको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झन्डासहित विश्व साइकल यात्रामा निस्किएका छन् ।

विश्वमा शान्तिको सन्देश फैलाउनुको साथै नेपालको पर्यटन विकास र पर्यावरण संरक्षणका लागि विश्वसामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरूले विश्व साइकलयात्रीका रूपमा आफ्नो यात्रा तय गरेको दुल्लू नगरपालिका वडा न ५ निवासी केशब रिजालले बताए ।

विश्वका देशहरूबीच असमझदारी बढी लडाइँ-झगडा भइरहेको परिप्रेक्ष्यमा नेपाल एक शान्तिको देश भएकाले शान्तिको सन्देश विश्वभरि फैलाउने र विश्व जगतमा शान्ति कायम रहोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

विश्व साइकल यात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीनजना युवा संलग्न छन् । काठमाडौंको पशुपतिनाथबाट साइकल यात्रा सुरु गरी भारत, पाकिस्तान, लाओस, थाइल्यान्ड, भुटान, बंगलादेश, चीन,लगायतका देशहरूको भ्रमण गर्ने कार्यतालिका रहेको पनि यात्री रिजालले बताए । यसअघि यो टोलीले मेचीदेखि महाकालीसम्मको साइकल यात्रा गरिसकेको छ ।


Post a Comment

Previous Post Next Post