दलिय भागबन्डाबाट नियुक्ति हुने परिपाटी हटाउनुपर्छ : उपकुलपति सिंह

पुष्कर खड्का सुर्खेत : हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नुपर्ने मध्यपश्चिम विश्वविद्यालय का उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले बताएका छन । सुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेश शाखा आयोजना गरेको नेपालको शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला मा उक्त कुरा बताएका हुन । 


कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सिंहले शिक्षा क्षेत्रमा अब गम्भीर रुपमा सोच्नुपर्ने बताएका छन । प्राज्ञिक विद्यार्थी परिषद् ले यी यस्ता कुरामा आवाज उठाउनु बताएका छन। उनले भने  "उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेट्न बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा चित्तन हुन आवस्यक छ।" 



यस्तै परिषद् का राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेलले भने 

"परिषद् ले नेपालको समग्र शिक्षाको अवस्था चुनौति र समाधान खोज्दै लागिरहेको र नेपालको सात वटै प्रदेशमा भएका कार्यशाला ले आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार हुने साथै परिषद् ले सिक्षामा भएका कमजोरी लाई एउटा मुद्दाको रुपमा आवाज उठाई सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउने छौ । " 


 

कार्यक्रम प्रस्तुतकर्ता प्रा.डा विजु थपलियाले नेपालको समग्र शिक्षाको अवस्था प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुलाई फरक कुराहरु तथा अतिरिक्त क्रियाकलाप मा जोड दिनुपर्ने , शिक्षक हरुलाई तलब बडाउनुपर्ने र शैक्षिक सुधारमा जोड दिनुपर्ने कुरा समेटेका थिए । 


टिप्पणीकर्ता कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति खस्किदो अबस्था रहेको बताए। उनले दिवा खाजा , छात्रावृत्ति मा वृद्धि गरिनुपर्ने ,यस्तो अवस्थामा शिक्षक विद्यार्थी को मनमा बसेर साथित्वको भावनाले शिक्षा दिनुपर्ने  र शिक्षकले आफ्नो आचारसंहिता पूरा अगाडि बढि हिडेमा कर्मचारी भन्दा शिक्षक को तलब धेरै हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।


टिप्पणीकर्ता जनज्योति मा.वि सुर्खेतका प्रधानाध्यापक नारायण सिक्देल ले आफू पढ्दै कमाउदै कुरा जनज्योति मा.वि बाट सुरुवात भएको र हाल देशभर उक्त कार्यक्रम लागू भएको कुरा जानकारी दिए ।  यो देशका विद्यार्थी हरुलाई सिम्लामा स्याउ टिप्न लगाईयो तर जुम्लामा स्याउ लाउन सिकाएन , अबको युवाले आफ्नो कमाई खानुपर्छ बाबुको हैन भन्ने बिषयमा अनिवार्य रुपमा बहस हुनुपर्ने बताए । अबको शिक्षकले विद्यार्थीलाई कमाउन लगाउन र आफू पढ्दै कमाउदै कार्यक्रमलाई थप उचाइमा पुर्याउन अनुरोध गरेका छन ।


टिप्पणीकर्ता मध्यपश्चिम विश्वविद्यालय का डिन सुदिप ठकुरिले उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन नसबिने कुरा राखेका छन। कार्यशाला मा जहाँ अभाव छ त्यहाँ समस्याहरू देखिन्छन् यी कुराहरुमा ध्यान केन्द्रीत हुनुपर्छ र देशको अर्थतन्त्र मजबुत हुदाँ देशको शिक्षा मा टेवा पुग्ने कुरा बताए । 


शिक्षा एउटा मेरुदण्ड हो, निशुल्क शिक्षा नेपालमा लागू सबैठाउँ प्रभावकारि नभएको , शिक्षालाई उत्पादन सँग जोडेर लैजानु पर्ने, पेशागत रुपमा लाग्नेले पनि कर्तव्य पूरा गर्नुपर्ने , पाठ्यक्रम अभ्यासमुलक हुनुपर्ने , व्यवहारमुलक बनाउन आवस्यक भएको , विद्यालय खोल्दा अलि ध्यान पुर्याउनुपर्ने , शिक्षक छनोटमा पनि ध्यान दिन आवश्यक , शिक्षक बिहिन विद्यालय पनि धेरै भएका र शिक्षकको काम ईन्डिकेटरमा वा तालिकामा लेखिनुपर्ने । अबिभावक पनि सुधार हुन जरुरत हुनुपर्ने, विद्धालय लाई सुधार केन्द्र सम्झिन्ने कुरामा चेतना परिवर्तन हुनुपर्ने कुराहरु उपस्थित अन्यले राखेका थिए ।

Post a Comment

Previous Post Next Post