नेपालगन्ज उपमहानगरपालिकाको ट्वाइलेटमा देखिन्छन् गुट्का र दारुका बोतल

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाख १ गतेदेखि उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ पुर्णतया रोकथाम गर्ने घोषणा गर्दै गर्दा उपमहानगरपालिकाको हाताभित्र रहेको ट्वाइलेटमा गुट्का, र दारुका बोतल देखिने गरेका छन् ।



उपमहानगरपालिकाले पटकपटक निर्णय गर्ने तर कार्यान्वयनमा कडाइ नगर्नाले कार्यान्वयनमा चुनौती देखिदै आइरहेको देखिन्छ यसभन्दा पहिला पनि तिनमहिना भित्र अटो रिक्सा व्यवस्थापन गर्ने भनेर घोषणा गरेपनि अहिलेसम्म गर्न सकेको छैन । 


त्यसैगरी सरसफाइमा पनि फोहोर फाल्नेलाई जरिवाना तोकेर पनि एकदुई जनालाई जरिवाना तिराएको तर अहिले फेरि चुपचाप रहेको स्थानीयले बताएका छन् । नाम नबताउने शर्तमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीहरुले र सरसफाइ कर्मचारीहरुले दारु पिएर त्यही ट्वाइलेटमा फालेको हुनसक्ने बताए । यदि त्यही भित्रका कर्मचारीले यस्तो काम नगरे अरुको कसरी भित्र आएर गर्ने हिम्मत हुनसक्छ उनले भने ।


नेपालगन्ज उपमहानगरपालिकामा सेवालिन जादा ट्वाइलेट प्रयोग गर्दा पुरै भित्तामा गुट्का खाएर थुक्ने गरेको, गुट्काका खोल जतासुकै फाल्ने गरेको पाइएको छ । आफनै कार्यालय परिसर भित्र सरसफाइ गर्न नसक्ने उपमहानगरपालिकाले पुरै शहरमा कसरी गर्ला भन्ने प्रश्न खडा हुनु स्वभाविक नै छ ।

Post a Comment

Previous Post Next Post