डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलन


नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको अनियमितता र भ्रष्टाचार विरुद्ध जननिर्वाचित वडा अध्यक्ष र सदस्यहरुद्वारा शनिबार पत्रकार सम्मेलन गरेका छन् ।
डुडुवा गाउँपालिका वडा नं ५ र वडा नं ६ का निर्वाचित अध्यक्ष झंक बहादुर थापा र मोहनराम मिश्र लगायतका सदस्यहरुले पालिकामा भइरहेक‍ो भ्रष्टाचार विरुद्ध पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । पालिकामा हरेक खरिद, विकास निर्माणमा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् ।



गाउँपालिकाका अध्यक्षलाई पत्रकार र सम्पूर्ण निर्वाचित सदस्यहरू राखेर कुराकानी गर्नका लागि उनीहरूले आग्रह गरेका छन् । पालिकाको भवन भित्र १ करोड बराबरको जीम क्लब निर्माण भएको त्यहाँका कर्मचारीले आफुलाई बताएको वडा अध्यक्ष मोहनराम मिश्रले बताएका छन् ।
ह्वाइट पेपरमा हस्ताक्षर गराएर गाउँसभा गर्ने जस्तो कार्य गर्न बन्द गर्नुपर्ने उनीहरूले बताएका छन् । टोल टोलबाट पठाएका विकास निर्माणका एजेन्डाका कामलाई प्राथमिकता नदिएको उनीहरूले बताए । उक्त पत्रकार सम्मेलन वडा नं ५ का अध्यक्ष झंक बहादुर थापा, वडा नं ६ का अध्यक्ष म‍ोहनराम मिश्र, वडा सदस्य जवन्ती महाउट, लिला सुनार, समसुद्दिन सल्मानी, छवरानी यादव, विनोद लोनिया, भरोसे कादु, शिव कुमार जैसवाल लगायतका उपस्थित रहेका थिए ।

Post a Comment

Previous Post Next Post