खेम बगरको पहिलो गजल संग्रह आँखाको भयो लोकार्पण

विक्रम तिरुवा 

जुम्ला  कवि तथा गजलकार खेम बगरको पहिलो गजल सङ्ग्रह आँखाको लोकार्पण गरिएको छ । सुदूरपश्चिमको अछामका गजलकार बगर पछिल्लो समयमा नेपाली साहित्यमा  एक स्थापित गजलकार एवम् कवि हुन् ।



काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच बगरको पहिलो गजल सङ्ग्रह आँखाको लोकार्पण गरिएको हो ।काबु क्रिएशनद्वारा प्रकाशित गजल सङ्ग्रहमा बगरका १ सय  १ गजल समावेश छन् ।

बगरको गजल संग्रह आँखाको आवरणकलामा विक्रम शिशिरले गरेका छन् ।  त्यस्तै  लेआउटतर्फ भिष्म प्रसाद उपाध्यायले गरेका छन् भने भाषा सम्पादनमा जुम्लाका पत्रकार महेश नेपालीले गरेका छन् ।

Post a Comment

Previous Post Next Post