जुम्लामा भयो हिमपात किसान खुसी !

विक्रम तिरुवा  


जुम्ला , माघ महिनाको तेस्रो सातामा जुम्लामा हिमपात भएको छ । यो वर्ष ढिलो हिउँ परेको हो । जुम्ला लगायत मुगु हुम्ला डोल्पा र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । हिमपात भएसँगै किसानहरु प्रफुल्ल भएका छन् । माघ महिनामा परेको हिउँले किसानलाई राहत प्रदान गरेको छ । 



विगतका वर्षभन्दा पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असरले गर्दा हिमपात पर्नुपर्ने समयले नपर्नाले किसानहरु चिन्तित भएका छ । पहिला मंसिर लाग्ने बित्तिकै हिउँ आउथ्यो अहिले पहिला जस्तो समय नभएको स्थानीयहरु बताउछन् । 


तैपनि प्रकृतिले आफ्नो धर्म भने भुलेको छैन । यो पटक लामो समयपछि हिमपात हुँदा हिउँसँग खिचेका तस्वीरहरु मानिसहरुले सामाजिक संजालमा पोस्ट गरिरहेका छन् ।

Post a Comment

Previous Post Next Post